मानव बेचविखन नियन्त्रणका लागि “हाम्रो अभियान” जारी

पोखरा, २५ साउन /बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्ने अठोटका साथ पोखराको थ्री एञ्जल्स नेपालले सचेतना अभियान थालेको छ । मानव बेचविखनको मारमा विशेषत १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवती पर्ने गरेको अवस्थालाई दृष्टिगत गरी सचेतना अभियान शुरु गरिएको हो ।

थ्रीएञ्जल्स नेपालका फिल्ड संयोजक झरना शर्माका अनुसार संस्थाले कास्कीका अमरसिंह नमूना मावि अम्मरसिंह, सिद्ध मावि फलेपाटन, राम आधारभूत विद्यालय सिमलचौर र जनप्रिय माविमा विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पछिल्ला समयमा मानव बेचविखनमा नयाँ–नयाँप्रयोग बढ्दै जानु चुनौतीपूर्ण बनेको भन्दै संस्थाले प्रयोगात्मक विधिको माध्यमबाट यस सम्बन्धमा सचेतना प्रदान गरेको हो । प्रत्येक विद्यालयमा ७५ जना विद्यार्थीलाई १५/१५ जनाको दरले समूहमा विभाजन गरी खेलका माध्यमबाट ७५ मिनेटको समयावधिमा मानव बेचबिखन सम्बन्धमा जानकारी गराउने गरिएको शर्माले जानकारी दिईन् ।

कमेन्टहरु
Loading...