‘ट्यालेन्ट राउण्ड’मा प्रतिभा देखाउदै ‘हस्पिटालिटि नेपाल कन्टेस्ट’

पोखरा, १४ फागुन /दोस्रो सिजनको ‘हस्पिटालिटि नेपाल कन्टेस्ट’को ‘ट्यालेन्ट राउण्ड’ सकिएको छ । सोमबार पोखरामा भएको ट्यालेन्ट राउण्डमा प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाए ।

‘हस्पिटालिटि बेस’ कन्टेस्ट भएकोले अधिकांश प्रतिस्पर्धीहरुले आतिथ्य सत्कार सम्बन्धि नै आफ्ना कलाहरु देखाएका थिए । केहि प्रतिस्पर्धीहरुले विभिन्न परिकारहरु समेत बनाएर देखाएका थिए । दोस्रो सिजनको हस्पिटालिटि नेपाल कन्टेस्टमा २७ जना प्रतियोगी भिड्दैछन् । सोमबार भएको ट्यालेन्ट राउण्डमा निलिमा हिराचन श्रेष्ठ, माउन्ट अन्नपूर्ण होटल म्यानेजमेन्ट कलेजका प्राचार्य शैलेन्द्रराज श्रेष्ठ, संजयकुमार भुजेल र कोरियोग्राफर स्रिना खड्गी निर्णायक रहेका थिए ।

‘प्रतिस्पर्धीहरुको मेहेनत देखेर हामी निकै प्रफुल्ल छौँ । र, ट्यालेन्ट राउण्डबाट अझै बढि हामीले उनीहरुलाई राम्रो सिकाउन सकेका रहेछौँ भनेर पुष्टी भएको छ ।’ कन्टेस्टका आयोजक एपी इन्टरटेनमेन्टका प्रतिनीधि रबिन केसीले भने–‘उनीहरुलाई आफ्नो व्यवसायिक जिवनमा अगाडि बढ्नका लागि तयारी पुग्ने थुप्रै खाले प्रशिक्षणहरु हामीले दिएका छौँ ।’

आयोजकले ग्राण्ड फिनालेको मिति समेत सार्वजनिक गरेको छ । उसले दिएको जानकारी अनुसार आगामी फागुन २० गते ‘पोखरा ग्राण्ड’मा कन्टेस्टको फिनाले हुनेछ । त्यो भन्दा अगाडि ग्राण्ड फिनालेको अघिल्लो दिन पाइलट विजय लामाले प्रतियोगीहरुलाई विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ । र, त्यहि दिन कन्टेस्टको ‘प्रि जजमेन्ट राउण्ड’ पनि हुने आयोजकले बताएको छ ।

हस्पिटालिटि नेपाल कन्टेस्टका प्रतियोगीहरु केहि दिन अगाडि मात्रै होम स्टे कल्चर अध्ययनका लागि कास्कीको ल्वाङ गाऊँ पुगेर फर्केका थिए ।

कमेन्टहरु
Loading...