हस्पिटालिटी नेपाल कन्टेस्टको मूख्य प्रायोजक ‘लाली चाउचाउ’

पोखरा, ५ माघ /हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजनको मूख्य प्रायोजकको रुपमा लाली चाउचाउ फाइनल भएको छ । आयोजक एपी इन्टरटेनमेन्टले यो सिजनको मूख्य प्रायोजकमा लाली चाउचाउ फाइनल भएको जनाएको हो ।

लाली चाउचाउसँग यो इभेन्टको सहकार्य यो सँगै दोस्रोपटक हो । एपी इन्टरटेनमेन्टको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पाण्डे र निर्देशक उज्जवल बस्नेतले यशोदा फुड्सका कर्पोरेट म्यानेजर छबिलाल शर्मासँग इभेन्टका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

हस्पिटालिटी क्षेत्रका युवायुवतीलाई लक्षित गर्दै इभेन्ट कम्पनी एपी इन्टरटेनमेन्टले ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को आयोजना गर्दै आएको छ । ‘हामीले यो इभेन्टसँग जोडिएर हाम्रो उत्पादनलाई अझै बढि प्रचार गर्न सहयोग पुगेको छ । त्यसैले यस्तो नेपालभरि प्रभाव पार्ने इभेन्टसँग हामी पुनः जोडिन पाउँदा खुशी छौँ ।’ सम्झौतापछि लाली चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्सका कर्पोरेट म्यानेजर शर्माले भने ।

त्यस्तै आयोजक एपी इन्टरटेनमेन्टले पनि देशको उत्कृष्ट उत्पादनले इभेन्टमा निरन्तर मूख्य प्रायोजकको रुपमा सहभागी हुनु आफूहरुको सफलता भएको प्रतिक्रिया दिएको छ ।

हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजनका लागि यतिबेला आवेदन खुलेको छ । र, देशव्यापी रुपमा खुलाईएको आवेदन भरेर कार्यक्रममा सहभागिताको लागि आयोजकले सोहि क्षेत्रमा आबद्ध युवापुस्तालाई आह्वान गरिरहेको छ ।

कमेन्टहरु
Loading...