हस्पिटालिटी नेपाल कन्टेस्टको पोखरा अडिसनबाट १८ प्रतिस्पर्धी छनौट

पोखरा, १७ माघ /‘हिमा–अस’ हस्पिटालिटी नेपाल कन्टेस्टको पोखरा अडिसनबाट १८ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । कुल ३० जना सहभागी भएको अडिसनमार्फत १८ जना छनौट भएको आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ ।तेस्रो सँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्टको प्रशिक्षण राउण्डमा कुल २५ जना प्रतिस्पर्धीहरु छनौट हुने आयोजकले बताएको छ । ‘हामीले देशव्यापी आवेदन आह्वान गरेका थियौँ । र, यसअघि हामीले काठमाण्डौ, बुटवल, चितवन लगाएतका शहरहरुमा कलेज क्याम्पेनसँगै अडिसन पनि गरिसकेका छौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘अब केहि दिनमै हामीले छनौट भएका प्रतिस्पर्धीहरुलाई बन्द प्रशिक्षणमा सहभागी गराउनेछौँ ।’

एपी इन्टरटेनमेन्टका निर्देशक उज्जवल बस्नेतले प्रशिक्षण करिब १ महिना चल्ने बताए । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्टिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिने आयोजकले बताएको छ ।प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित हुनेछ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउने बताईएको छ ।

यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै आयोजकले प्रतियोगीहरुलाई पर्यटनसम्बन्धि थप जानकारी दिनका लागि पर्यटकीय गन्तब्यहरुको भ्रमण पनि गराउने बताएको छ ।यो इभेन्टको मूख्य प्रायोजकको रुपमा लाली चाउचाउले कम्पनीसँग सहकार्य गरिसकेको छ । यस्तै इभेन्टमा हस्पिटालिटी पार्टनरमा होटल माउन्टेन टप, रेस्टुरेन्ट पार्टनरमा ब्यञ्जन रेस्टुरेन्ट, होटल पार्टनरमा होटल ड्यान्डिलियन र इन एशोसियसन टाइटलमा होटल क्राउन प्लाजाले सहकार्य गरेका छन् ।

कमेन्टहरु
Loading...