पोखरा महोत्सव बाट लम्जुङ पुरानोकोट र कांहुडाडाको होम स्टेमा आउन निम्तो

पोखरा ७ माघ​/ पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको पोखरा महोत्सवबाट गाउ पर्यटन प्रवद्र्धनलाई जोड दिइएको छ । महोत्सवकै माध्यामबाट गाउमा लुकेर रहेको संस्कृतीलाई पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजक युनाइटेड क्लवले यो पटकदेखी गाउ पर्यटन प्रवद्र्धनलाई जोड दिएको क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोह समितीका संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवमा पोखरा नजिकै रहेर पनि पर्यटन गतिविधी हुन नसकेको कांहु धरहरा प्रिमियम होम स्टे र पुरानोकोट सामुदायिक होमस्टे लम्जुङको स्टल राखेर गाउ पर्यटन प्रवद्र्धनलाई जोड दिइएको संयोजक गुरुङले वताए । च्वाइस नेपालको सहयोगमा २०६८ देखी लम्जुङको एतिहासिक गाउ पुरानोकोटमा होमस्टे शुरु गरिएको र हाल १२ घरमा होमस्टे सञ्चालन भइरहेको होमस्टेका सञ्चालक कन्याकाशी गुरुङले वताइन ।

लम्जुङको बेशीशहरबाट काउलेपानी हुदै पुरानोकोट पुग्न १७ किलोमिटर यात्रा तय गर्नुपर्ने र पुरानोकोट गाउबाट माछापुच्छ«े, अन्नपूर्ण, लम्जुङ हिमाल, पिक २९, गंगापूर्ण, मनाश्लुदेखि, बुद्ध सम्म डेढ दर्जन भन्दा वढी हिमश्रृङखलालाई नजिकबाट नियाल्न सकिने र गुरुङ जातिको सोरठी नाच, स्यार्गा, चुट्का, घाटु र भेडी गोठाला नाटक देखाइ पर्यटकलाई मनोरन्जन प्रदान गरिने समेत गुरुङले वताइन ।

त्यसैगरी पोखरा नजिकै रहेको काहु धरहरा प्रिमियम होम स्टेमा पनि नौ वटा घरहरुमा होम स्टे सञ्चालन भइरहेको होमस्टे सञ्चालकले वताएका छन । महोत्सवमा राखिएको दुइवटै होम स्टेको स्टलमा दर्शकको घुइचो लाग्ने गरेको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले वताए । महोत्सवमा अन्य स्टल संगै यो पटक गाउमा लुकेर रहेको पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले होम स्टेलाई स्थान दिएको थापाको भनाइ छ ।

महोत्सवमा होम स्टे संगै चिडियाखानाको स्याण्ड मोडल र सर्प संरक्षणमा समेत दर्शकहरुले चासो दिएका छनभने महोत्सव स्थलबाट चिडियाखाना निर्माण स्थल पचभैया जाने दर्शकको समेत भीड लागेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा आइतबार सवैको मुखमा झुण्डिन सफल सालको पात टपरी हुने गीत मार्फत चर्चित लोकदोहोरी गायक कुलेन्द्र बिकको प्रस्तुतीमा दर्शकहरुले नाचेर भरपुर मनोरन्जन लिएका थिए ।

कुलेन्द्र संगै तारापति सुवेदी, जीवन दाहाल, शिवहरी ढुंगाना, शरला पाण्डे, कृष्ण अखेली, अमर धिताल, लक्ष्मी बानिया, सन्तोष सुवेदी लगायतको दोेहोरी प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने आइतबार सांझ लाइभ ब्याण्ड तर्फ स्थानिय इन्फ्लेम र तृष्णा गुरुङको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्ज लिएका थिए ।आइतबार हास्य ब्यङ्ग्य तर्फ पोखरेली धुर्मुस र माग्नेबुढाले पछिल्लो समय बालवालिकाहरु हिंसामा परेकाले बालवालिकाहरुलाई जोगाउनुपर्छ भन्ने सन्देश दिन हास्यब्यङ्ग्य मार्फत सन्देश प्रदान गरेको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

महोत्सवमा सोमबार दोहोरी तर्फ प्रीती आले, प्रकाश सपुत, प्रजापति पराजुली, चन्द्र शर्मा, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, राजेन्द्र सापकोटा, रमा राना, कमला गैरे लगायतको प्रस्तुती रहनेछभने दोहोरी प्रतियोगिता तर्फ गण्डकी प्रदेश र दोहोरी प्रतिष्ठान बीच उपाधीका लागी भीड्नेछन । तृतीय स्थानका लागी कास्की र गोर्खा बीच भीडन्त हुनेछ । सांस्कृतीका कार्यक्रम तर्फ तरेली सांस्कृतीक परिवारको सांस्कृतीक नृत्य र नेपाल मगर संघ कास्कीको मौलिक कौराहा नृत्य प्रस्तुती रहने महोत्सव सांकृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको सांझ स्थानिय ड्रिमर्स ब्याण्ड र सबिन राई एण्ड द फेरोहको लाईभ ब्याण्ड प्रस्तुती रहने छ ।

कमेन्टहरु
Loading...