हिमाली साँस्कृतिक परिवारको सास्कृतिक कार्यक्रमा पोख्रेली रमाए

पोखरा, ३० असोज/हिमाली साँस्कृतिक परिवारले आइतवार पोखरामा साँस्कृतिक दशै तिहार २०७४ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । “नेपाली लोक सँस्कृति बचाऔं” अभियानका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारले गतवर्षदेखि शुरु गरेको साँस्कृतिक दशै तिहारलाई यस वर्ष संस्थाको मानार्थ सदस्य विमल शेरचनको स्मृतिमा समर्पण गर्दै पोखरा उद्योग वाणिज्य संघमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले दीप प्रज्वलन तथा स्वर्गीय विमल शेरचनको फोटोमा माल्र्यापण गर्दै कार्यक्रम शुरु गरिएको थियो । गोर्खा कम्युनिटी पोखराका अध्यक्ष, श्री सोंपाल तमु समाज पोखराका अध्यक्ष समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङ र श्रीमती हुमकुमारी गुरुङले १ लाख १ हजार १११ रुपैया प्रदान गर्नुहुदै प्रायोजक र हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र श्रीमती मिरा गुरुङले १ लाख रुपैया प्रदान गर्नुहुदै सहप्रायोजक रहनु भएको कार्यक्रममा नेपाली मौलिक लोक साँस्कृतिक, नेपाली आधुनिक, हिन्दी लगायत, कमेडी साँस्कृतिक प्रस्तुति गरिएको थियो ।

नेपाली मौलिक लोक सँस्कृतिको जगेर्नासहित कलाकार कल्याणकोषमा रकम अभिवृद्धि गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा गायनतर्फ रामभक्त जोजिजु, इतु जोजिजु, ज्ञान थापा, रुबी गौली, विनोद बाँनिया, अजुदा थापा, पशुपति गुप्ता, मोहन गुरुङ र आँचल लामाको दीपक थापाको कमेडी प्रस्तुति रहेको थियो । यसरी नै हिमाली साँस्कृतिक परिवारका कलाकारहरुको विशेष नृत्य प्रस्तुतिमा दर्शकहरु मनोरञ्जित बनेका थिए । कार्यक्रममा संगीत संयोजन तेज केसी र राजा मुखियाले गर्नु भएको थियो ।

कार्यक्रमका संस्थाले सहयोगीहरुलाई सम्मान र विदेशबाट पोखरा आउनु भएका मानार्थ सदस्य बोलमाया गुरुङ र संस्थापक सदस्य दलबहादुर गुरुङलाइ स्वागत गरिएको थियो । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो । विविध कार्यक्रम गरी कोषमा करिब ३० लाख संकलन गरिसकेको हिमाली साँस्कृतिक परिवारले कलाकारहरुको कल्याणका लागि ५० लाख कोष स्थापना गर्ने लक्ष्य छ ।

कमेन्टहरु
Loading...