हिमाली साँस्कृतिक परिवारमा पुनः मेनकाजी गुरुङ

पोखरा, १६ साउन/नेपाली लोक साँस्कृतिक संरक्षणमा क्रियाशील पोखरा ९ पुरानो बसपार्कमा रहेको हिमाली साँस्कृतिक परिवारको १९ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशनले आगामी तीनवर्षका लागि पुनः मेनकाजी गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

पोखरा रामबजारस्थित भँगरकोट पार्टी प्यालेसमा शनिवार सम्पन्न अधिवेशनले परिवारको वरिष्ठ उपाध्यक्षमा ज्ञानबहादुर थापा, उपाध्यक्षमा गजबहादुर गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा भेषराज गुरुङ, कोषाध्यक्षमा महादेव न्यौपाने र सहकोषाध्यक्षमा सविन गुरुङ चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा तेज केसी, सनबहादुर गुरुङ, संगीता आले, इश्वरी राना रहनुभएको छ ।

हिमाली साँस्कृतिक परिवारमा पुनः मेनकाजी गुरुङ
हिमाली साँस्कृतिक परिवारमा पुनः मेनकाजी गुरुङ

विधानतः अधिवेशनले एक अध्यक्ष र दश जना सदस्य चयन गरी कार्यसमितिको बैठकबाट पदाधिकारीको जिम्मेवारी बाँडफाँड बमोजिम पदाधिकारी चयन गरेको हो । यसैगरी अध्यक्षले मनोनयन सक्ने ६ जना सदस्यमा तत्कालै अध्यक्ष मेनकाजी गुरुङले सविना गुरुङ, माधव गुरुङ, बसन्त थापा, दीपा गुरुङ, सविना राना र दिल गुरुङलाई सदस्यमा मनोनयन गर्नुहुदै १७ सदस्यीय कार्यसमितिलाई पुर्णता दिनुभएको हो ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक खेमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो भने प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचन, सर्मिला शेरचनले खादा लगाइदिनुहुदै बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । नेतृत्व चयनका लागि परिवारका मानार्थ सदस्य खेमबहादुर गुरुङ संयोजक, मानार्थ सदस्य टिकाबहादुर कार्की र आजीवन सदस्य शान्ति गुरुङ सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष मेनकाजी गुरुङले पोखरामा लोक साँस्कृतिक केन्द्र तथा साँस्कृतिक संग्रहालय निर्माण गर्ने पहलमा हिमाली साँस्कृतिक परिवारले पहल गर्ने बताउनुहुदै नेपाली मौलिक साँस्कृतिक संरक्षणको उक्त अभियानलाई सबैको साथ सहयोगको आग्रह गर्नुभयो । उहाँले राज्यको तर्फबा पोखरा उपत्यका नगर विकास समिति, पोखरा उपमहानगरपालिकाले १५ रोपनी जग्गा व्यवस्था गरिदिए साँस्कृतिक केन्द्र वा संग्रहालयको लागि आफुहरुले परिकल्पना गरिसकेको बताउनुभयो ।

यस अघि प्रमुख अतिथि नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षक रमेश शेखर बज्राचार्यले बार्षिक साधारणसभा तथा अधिवेशनको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै कला, सँस्कृति र साहित्यमा पोखरा अग्रणी स्थानमा रहेको बताउनुभयो । आफु पोखरामा रहदा पोखरेलीका साथ सहयोगले सफलता प्राप्त गरिरहेको बताउनुहुदै एआइजी बज्राचार्यले पहिलो पटक पोखरामा आयोजना गरेको ट्राफिक सचेतना कार्यक्रममा हिमाली साँस्कृतिक परिवारले साँगितीक माध्यमबाट सचेतना अभियानमा साथ दिएकोले अभियान अत्यन्तै उदाहरणीय बनेको भन्दै हिमाली साँस्कृतिक परिवारलाई धनयवाद व्यक्त गर्नुृभयो । हिमाली साँस्कृतिक परिवारको मनछुने कलाले आफु प्रभावित भएको भन्नुहुदै नेपाल प्रहरीले अहिले देशभक्तिको गिती नाटक शुरु गर्न लागेकाले परिवारसँग सहकार्यको लागि प्रस्ताव गर्नुभयो ।

कमेन्टहरु
Loading...