मिस्टर एण्ड मिस सुपर मोडल हेमजाको ट्रफी सागर र एन्जिलालाई

पोखरा, ४ असार /हेमजामा पहिलो पटक गरिएको मिष्टर एण्ड मिस सुपर मोडल हेमजाको ट्रफी सागर परियार र एन्जिला श्रेष्ठले उचालेका छन् । शनिबार हेमजामा सम्पन्न मिष्र्टर एण्ड मिस सुपर मोडल हेमजाको अन्तिम प्रतिष्पर्धामा सागर र एन्जिलाले तिन—तिन जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उक्त इभेण्टको ट्रफी उचालेका हुन् ।

इभेण्ट अन्तरगत मिष्र्टर तर्फ रमेश विक र मिस तर्फ कल्पना गर्वुजा फष्ट रनर अप बनेका छन् । सागर र रमेशले अन्तिम प्रतिष्पर्धामा सुमन भुजेल र कविर सुनार तथा एन्जिला र कल्पनाले सोनी शर्मा र कृष्ति पुनलाई पछि पारेका हुन् ।
विजेतालाई ट्रफी, प्रमाण पत्र वितरण गरिएको छ भने, फिल्म र म्युजिक भिडियोमा खेल्ने अवसर समेत प्रदान गरिने छ ।

ब्लुरेज प्रोडक्सन हेमजाद्धारा आयोजित मिष्र्टर एण्ड मिस सुपर मोडल हेमजामा १५ जना प्रतियोगीहरुले सहभागीता जनाएका थिए । इभेण्टको निर्णायकमा नेश्नल प्लेयर अफ स्केट बोर्डका दिविन भट्टराई, मिष्र्टर टिआरा काठमाण्डुका दिवस विक्रम बोहोरा र मिस कास्कीकी सेकेण्ड रनरअप रिजा रेग्मी रहेका थिए ।

उक्त इभेण्ट भरि सुदिप तिवारीले फोटोग्राफी र रोशनी नेपाली र अन्जना पोखरेलले कोरियोग्राफी गरेका छन् । संयोजक युकेश अधिकारीका अनुसार इभेण्टको पहिलो अडिसन वैशाख २९ गते गरिएको थियो ।

कमेन्टहरु
Loading...