शनिबार पोखरामा तारा देवी र अरुणा लामाका गीतहरु गुञ्जने

पोखरा, १९ असार/ “रारा टेस्ट अफ हार्मोनीः धुनहरुमा तारादेवी र अरुणा लामा” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै पोखेली सुगम संगीत गायीकाहरुको संस्था “हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा” ले आउदो सनिबार पोखराको सभागृहमा गरिने विशेष सांगीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।

आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम संगीत गायकहरुको उत्थान र प्रबद्र्धनमा समर्पीत सस्था भएकाले सबैको सहयोगले गर्दा यति कार्यक्रम पनि सहज रुपमा आयोजना गर्न सकेको जानकारी दिएकी हुन् । उनले भनिन्–“हामीले महिला गायकहरुको संरक्षण र प्रवद्र्धन गर्न यो कार्यक्रम गर्न लागेका र सवैको सकारात्मक सहयोगले गर्दा सफलताको नजिक नजिक पुगेका छौं ।”

उनले अझ अगाडी थपिन्–“हामीले अहिले गर्न लागेको कार्यक्रम हाम्रो तेश्रो कार्यक्रम हो । “टेस्ट अफ हार्मोनी ः धुनहरुमा तारादेवी र अरुणा लामा” को नामवाट यहि असार २१ गते शनिबार, पोखराको सभागृह हलमा दिउँसो एक बजे देखि विशेष साँगीतिक कार्यक्रम गर्दौ छौ मिलाएर आउनुहोला ।”

यस्तै कार्यक्रममा उपाध्यक्ष कौशल्या गुरुङले यो कार्यक्रम दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामालाई ‘ट्रिब्युट’ गरेको पनि जानकारी दिइन् । उनले भनिन्–“साँगीतिक कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीतहरु प्रस्तुत गरिने छ ।” उनले यो कार्यक्रम नेपाली सुगम संगीतको आकासका दुई नक्षत्रलाई समर्पण गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिईन् ।

कार्यक्रमलाई उत्कृष्ठ र प्रभावकारी वनाउन जक्सन ग्रुप प्रा.लीका प्रवन्ध निर्देशक अरुण गिरीले सम्पुर्ण व्यवस्थापकीय र प्राविधिक पक्षमा व्यवस्थापकको भूमिका निर्वाह गरेका छन् ।
साँगीतिक कार्यक्रममा संस्थामा रहेका सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती रहने पनि आयोजकले जानकारी दिएका छन् ।

ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ लगाएतका गायिकाहरुले कार्यक्रममा प्रस्तुती दिने छन् । त्यस्तै सहयोगी कलाकारहरुको रुपमा कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुती रहने पनि कार्यक्रममा जानकारी दिईयो ।

कार्यक्रममा संस्थाले ३ जना कलाकारहरुलाई सम्मान गर्दै छ । दार्जलिङ्की गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गाना रत्न दाशलाई हार्मोनी सम्मानवाट सम्मान र उदयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान गरिने सस्थाको सचिव बबि सुनारले जानकारी दिईन् ।

यसअगाडि ‘लेजेन्डरी हार्माेनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नाममा संस्थाले कार्यक्रम सफल बनाईसकेको छ । यो तेश्रो कार्यक्रमलाई सफल बनाउन पोखराकै रारा चाउचाउले कार्यक्रमको टाईटल स्पोन्चर गरेको छ भने पोखराकै दि मुग्लान रेष्टुरेण्ट एण्ड वारले कार्यक्रमलाई प्रस्तुतकर्ताको रुपमा सहयोग गरेको छ ।

कार्यक्रमलाई सफल बनाउन हिमाउस एजुकेशन कन्सल्टेन्सी, साँस्कृतिक संस्थान, एन आई सि एशिया बैक, एक्सिस एजुकेशन पोखरा, माउण्ट कैलाश रिर्सोट, लेकसाईड र प्रतिक अफसेट प्रेस, एस के साउण्ड एण्ड लाईट, परिचय एड्र्भटाईजिङ् , पोखरा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक , रेडियो जननी, जक्सन डटकम, तायडव न्यूज, टास्क र होटल गुडविल पोखरा, व्यञ्जन रेष्टुरेण्ट लेकसाईड, स्याभी वुटिक, पोखरा महानगर पालिका र नेपाल पर्यटन बोर्डको विशेष सहयोग रहने पनि कार्यक्रममा जानकारी दिईयो ।

सुगम संगीतका क्षेत्रमा जिवन अर्पन गरेका महिलाहरुसँग सहकार्य गर्दै सुगम संगीतको यात्रा र क्षेत्रलाई लामो र फराकिलो वनाउनले लक्ष्यका साथ २०७३ सालमा “हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा” नामक संस्था स्थापना भएको हो ।

कमेन्टहरु
Loading...