पोखरामा हलोविन पर्व, डर लाग्दो स्वरुपमा युवती

पोखरा, १६ कात्तिक / अक्टोबर ३१ मा मनाइने हलोविन पर्व पोखरामा पनि मनाइन थालिएको छ । हलोविन इसाईहरूको चाड हो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ ।

यो चाड पश्चिमा देशहरू अमेरिका, क्यानडा, स्कटल्यान्ड, आयरल्यान्ड, जर्मनी लगाएतका देशमा बढी मात्रामा मनाइन्छ । बुधबार पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार, अक्सिजन लगाएतका रेष्टुरेण्टमा युवाहरु ठुलो भिड थियो ।

हलोविन पर्व फर्सीका विभिन्न आकृति र स्वरुप बनाएर मनाइँदै छ । अनुहार, भित्ता र घरमा प्रेत आत्माहरुको आकृति बनाइन्छ । यो एकप्रकारको डरलाग्दो चाड भनेर विश्वभर चिनिने गरिन्छ । अमेरिकीले आफ्ना पूर्वजहरुको आत्माको शान्तिका लागि उक्त फेस्टिबल मनाउन थालेका हुन् ।

परम्परा अनुसार अक्टोबरमा ३१ मा पूर्वजहरुको आत्मा धर्तीमा आउने र नोभेम्बरमा पुनर्जन्म लिने गरेकाले यसलाई उत्सवको रुपमा मनाउने गरिन्छ ।

कमेन्टहरु
Loading...