‘गर्लफ्रेण्डको नखरा’ कमेडी वेभ सिरीज (भिडियो सहित)

पोखरा, १८ फागुन /नेपालमा पछिल्लो समय युट्युबलाई लक्षित गरी वेभ सिरीज बन्ने क्रम बढ्दो छ । यही क्रममा आजैबाट नयाँ कमेडी वेभ सिरीज आएको छ, जसको नाम हो ‘गर्लफ्रेण्डको नखरा’ ।

युट्युबमा कमेडी खोज्नेहरुको लागी यो सिरीजले हद पार गर्ने देखिएको छ । आज मात्रै रिलीज भएको पहिलो एपिसोडमा नै भरपुर कमेडी देख्न सकिन्छ । पहिलो एपिसोडमा दुई प्रेमि प्रेमिका बिच चुम्बन गर्ने बिषयलाई लिएर गज्जबको कमेडी गरीएको छ ।

मिलन थापा र मेलिसा खतिवडाले सिरीजमा अभिनय गरेका छन । फलानो क्रियशनले तयार पारेको वेभ सिरीज अब देखि हरेक बिहीबार साझ ६ बजे फलानो टिभी नामक युट्युब च्यानलबाट रिलीज गरेको छ ।

सरोज अधिकारीले निर्देशन गरेको सिरीजलाई अशोक बस्नेतले छायाङ्कन गरेका हुन । युवापुस्ताका सामान्य बिषयलाई लिएर भरपुर कमेडी गरीने निर्देशक अधिकारीले बताएका छन ।

https://www.youtube.com/watch?v=j6GtK61QAGU

कमेन्टहरु
Loading...