पोखरेली र सुर्खेतबासिको मन जितेको नाटक “घेरो” अब काठमाण्डौँमा

पोखरा,२१ जेठ​ /युथ क्रियशन थिएटरको छैठौँ प्रस्तुती लोकनाटक “घेरो” यहि जेठ २४ गते सर्वनाम थिएटर काठमाण्डौँमा मञ्चन हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा उक्त नाटक मञ्चन हुन लागेको युथ क्रियशन थिएटरका सचिव सौगात पोख्रेलले जानकारी दिएका छन् ।

बालनको शैलीमा भजनमार्फत कथा वाचन हुँदै जाने उक्त नाटक पोखराका दर्शकहरु मन मुटुमा बस्न सफल भएको थियो । पोखरामा मात्र नभइ सुर्खेतको रारा राष्ट्रिय नाटक महोत्सवमा समेत नाटक छनोट भएको नाटकले गण्डकी क्षेत्रमा बोलिने भाषा र लवजलाई कलाकारले टपक्कै टिपेको नाटकले कार्णलीलाई पनि प्रभावित बनाएका छ ।

पोखरामा हाउस फुल १८ शो गरेको उक्त नाटक पोखरा अन्तर्रािष्ट्रय नाटक महोत्सवमा समेत मञ्चन गरिएको थियो । यसरी पोखरा र सुर्खेतको अपार माया बटुल्न सफल नाटक “घेरो” पुनः काठमाण्डौँमा मञ्चन हुने भएको हो ।

केदार पौडेलले लेखेको उक्त नाटकमा पौडेल स्वयंले कहिले भैँसी त कहिले झाँक्रीको अभिनय गरेका छन् । युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले निर्देशन गरेका उक्त नाटकको भजन रचना मधुसुधन पौडेलले गरेका हुन् । साथै अनुभवी रंगकर्मी सरोज अर्यालले ‘घेरो’ लाई लोकनाटकको स्वरूप दिएका थिए ।

नाटक घेरो पुरातन र रुढीवादमाथिको प्रहार रहेको छ । स्थानीयताको स्वाद चखाउन नाटक सफल भएको छ । नाटकमा कलाकार लक्ष्मण डुम्रे र सर्मिला बस्नेतले दम्पतीको अब्बल अभिनय गरेका छन् भने ममता मञ्जुलले फुरुमै को अभिनय निर्वाह गरिकी छन् । नाटकको लेखकसमेत रहेका कलाकार पौडेलले भैंसीको भूमिका निर्वाह गर्दा होस् वा झाँक्रीको भूमिकामा पात्रलाई न्याय गरेका छन् । नाटकमा सञ्जय न्यौपाने, संरचना पौडेल (अञ्जना), प्रसुनलगायतले अभिनय गरेका छन् भने मधुसूदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन् ।

“घेरो” नाटक थिएटरको अहिलेसम्मको प्रस्तुतिभन्दा भन्दा फरक भएकाले यसले नाट्यप्रेमी मन जितेको नाटकका लेखक पौडेलका भनाइ रहेको छ । साठिको दशक देखि सुस्ताएको पोखरेलि रंगमञ्च फेरि जुर्मुराएको निर्देशक शर्माले बताएका छन् । नाटक घेरोले मौलिक संस्कृतिहरुको संरक्षण र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको र काठमाण्डौँमा रहेका नाट्यप्रेमीहरुको लागि पनि “घेरो” हेर्ने एउटा अवसर भएको थिएटरका सचिव सौगात पोख्रेलले बताएका छन् ।

कमेन्टहरु
Loading...