कास्कीको पर्यटकिय गाउ घलेलमा ल्होसार उत्सव जारी

पोखरा १६ पुस /कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाउ घलेलमा जारी ल्होसार उत्सवमा बिभिन्न बिद्याका प्रतियोगिताहरु सम्पन्न भएको छ ।माछापुच्छ«े गाउपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवको आयोजनामा र बम बहादुर घलेल आधारभुत बिद्यालयको सहआयोजनामा पुस १५ देखि सञ्चालन भैरहेको उत्सबमा श्रोत केन्द्र स्तरिय आधारभुत तहको बिभिन्न बिद्याका प्रतियोगिताहरु सम्पन्न भएको हो ।

जम्मा १० टिमको सहभागिता रहेको लाहाचोक श्रोत केन्द्र स्तरिय आधारभुत तहको छात्र भलिवल प्रतियोगिताको फाइनलमा जनजागरण आधारभुत बिद्यालय र बम बहादुर घलेल आधारभुत बिद्यालय प्रबेश गरेका छन भने छात्रा तर्फ कुल ७ टिमको सहभागिता रहेको टिमहरुबाट बाराही आधारभुत बिद्यालय र बम बहादुर घलेल आधारभुत बिद्यालय बिच फाईलन खेलको लागी प्रतिस्प्रर्धा हुने कार्यक्रम सञ्चालक ईन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार लाहाचोक श्रोत केन्द्र स्तरिय हाजिरीजवाफ प्रतियोगिता तर्फ बम बहादुर घलेल आधारभुत बिद्यालय प्रथम, बाराही आधारभुत बिद्यालय द्धित्तिय, गौरीशंकर मनिलाल माबि तृतीय र महेन्द्र माबि सान्त्वना स्थान हासिल गरेका छन । सो टिमहरुले प्रमाणपत्र तथा आकर्षक पुरस्कारहरु प्राप्त गरेको उनको भनाई छ । त्यसैगरी लाहाचोक श्रोत केन्द्र स्तरिय हिसाव दौड प्रतियोगिता तर्फ गौरीशंकर मनिलाल माबि प्रथम, तारेबराह आधारभुत बिद्यालय द्धित्तिय, बम बहादुर घलेल आधारभुत बिद्यालय तृतीय र महेन्द्र माबि सान्त्वना स्थान हासिल गरे सँगै सो टिमहरुले प्रमाणपत्र तथा आकर्षक पुरस्कार प्राप्त गरे ।

सोही क्रममै लाहाचोक श्रोत केन्द्र स्तरिय श्रुति लेखन प्रतियोगितामा बम बहादुर घलेल आधारभुत बिद्यालय प्रथम, बाराही आधारभुत बिद्यालय द्धित्तिय, गौरीशंकर मनिलाल माबि तृतीय तथा तारेबराह आधारभुत बिद्यालयले सान्त्वना स्थान हासिल गरे । उक्त टिमहरुले प्रमाणपत्र सहित आकर्षक पुरस्कार हात पारेको क्लबका अध्यक्ष राम गुरुङले जनाए । उनका अनुसार आगामी २१ गते सम्म चल्ने उत्सव अत्यन्तै सौभाद्र बाताबरणमा भैरहेको छ ।

धर्मगुरु कर्मा लामाले चरा बर्गको विदाइ गर्दै कुकुर बर्गको स्वागत गर्दै सम्पूर्ण प्राणीको हितको लागी ग्रह शान्तिको पुजापाठ गरी सुभारम्भ गरिएको घलेल उत्सवमा कास्की माछापुच्छ«े निवासी पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालको १४ वर्षिय छोरी अलिसा लम्साल जो विगत दुइ वर्षदेखि हड्डीको क्यान्सरबाट ग्रसित भइ उपचाररत छिन उनको उपचार सहयोगका लागी उत्सव अवधिभर सहयोग रकम संकलन भैरहेको समेत आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...