हङकङ जिफा नाइटमा भाग लिन पोखराका कलाकार प्रस्थान

149

राजाराम पौडेल ÷ पोखरा/गुरुङ फिल्म एशोसियशन (जिफा) हङकङको आयोजनामा हुने जिफा नाइट २०१६ का लागि कलाकारको टोली पोखराबाट मंगलबार काठमाण्डौ प्रस्थान गरेको छ । टोलीमा गुरुङ फिल्म एशोसियशन नेपालका प्रथम उपाध्यक्ष राज बहादुर गुरुङ, महासचिव प्रितम गुरुङ, महिला विभाग प्रमुख रसिला गुरुङ, सदस्य निस्ता गुरुङ रहेका छन् ।

जिफा नाइट २०१६ मा सहभागी हुन कलाकारको टोली काठमाण्डौ प्रस्थान
जिफा नाइट २०१६ मा सहभागी हुन कलाकारको टोली काठमाण्डौ प्रस्थान

यसैगरी पूर्व उपाध्यक्ष जसु गुरुङ, गीत संगीत विभाग प्रमुख नरजंग गुरुङ, नायक भिम गुरुङ, सोम गुरुङ, खेम गुरुङ, नायिका रजनी गुरुङ र अनु गुरुङ, कार्यसमिति सदस्य माया गुरुङ रहेको कार्यक्रमको साँस्कृतिक संयोजनको जिम्मा लिएर हङकङ जान लागेका मनोज गुरुङले जनाए ।

बैशाख २६ गते हङकङमा आयोजना हुने यस कार्यक्रमका लागि जिफानका अध्यक्ष वेद बहादुर गुरुङ श्यामल यस अघि नै हङकङ पुगिसकेका छन् । टोली बैशाख २३ गते हङकङका लागि उड्ने छ भने २९ गते पोखरा फर्कने कार्यक्रम तय भएको जिफानले जनाएको छ ।

हङकङमा हुने कार्यक्रममा फिल्म सँग सम्बन्धित गीती नाटक, पहिलो गुरुङ फिल्म पाते देखि हालसम्मको फिल्मको कथा बोकेको नृत्य, सबै कलाकारको सहभागितामा जिपान रिमिक्स, गुरुङ संस्कृती झल्कने नृत्य, विभिन्न गायक गायीकाको प्रस्तुती कार्यक्रममा रहने बताइएको छ । जिफा हङकङ अध्यक्ष रोसन गुरुङको व्यवस्थापनमा हुने कार्यक्रममा गुरुङ फिल्मका शुभचिन्तकको सहभाीता रहने छ । कार्यक्रममा हङकङमा रहेका गुरुङ फिल्मका कलाकारको समेत प्रस्तुती रहने छ ।

गुरुङ फिल्म र त्यसमा काम गर्ने चलचित्रकर्मीहरुलाई अगाडी बढ्न सजिलो होस् भन्ने हेतुले २०६५ सालमा गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) स्थापना गरीएको हो । जिफानले गुरुङ फिल्मको मात्र नभई गुरुङ कला, संस्कृतीलाई समेत चलचित्रको माध्यमबाट दर्शकमाझ पस्कने काम गरेको छ । यस्ले गुरुङ कला र संस्कृतीको ’boutमा नयाँपिडिलाई जानकारी लिने विश्वास समेत संस्थाले गरेको छ । हङकङ जाने टोलीलाई एक कार्यक्रमकाबिच मंगलबार जिफानका पूर्व अध्यक्ष माओत्से गुरुङ लगायतले यात्रा सफलताको कामना गर्दै विदाई गरेका थिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

Loading...