अधिकारीको गजल सङ्ग्रह ‘खाडीको सुन’ लोकार्पण

पोखरा, ८ फागुन /गजलकार आर. सी. अधिकारीको पहिलो गजल सङ्ग्रह ‘खाडीको सुन’को शनिबार पोखरामा लोकार्पण गरिएको छ ।

अधिकारीको गजल सङ्ग्रह ‘खाडीको सुन’ लोकार्पण
अधिकारीको गजल सङ्ग्रह ‘खाडीको सुन’ लोकार्पण

कृतिका प्रकाशक गजल सन्ध्या, पोखराकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको कार्यव्रmममा कृतिको लोकार्पण गर्दै पोखरेली गजल सारथि दीपक समीपले पोखराले नेपाली गजलका क्षेत्रमा छुट्टै पहिचान बनाइसकेको बताउनुभयो । नयाँ गजलकारहरुको प्रकाशनतर्फको मोहले गजललाई फाइदा नै पुगेको बताउँदै समीपले लामो समयसम्म पहिचान बचाइराख्नका लागि भने गजलकारले लेखनमा मिहिनेत गर्नुपर्ने बताउनुभयो ।

समग्र नेपाली साहित्यले कुनै पनि विधामा पोखरालाई छुटाउनै नसक्ने भन्दै प्रमुख अतिथि समीपले यसको साख बचाउने अभिभारा नयाँ पुस्तामा सर्दै आएकाले जिम्मेवार बन्न आग्रह गर्नुभयो । कृतिको समीक्षा गर्दै सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक तथा गजलकार सुरज उपाध्यायले गजलकार आर. सी.ले कुनै सिद्धान्तभन्दा पनि अनुभव र अनुभूतिले गजल लेखेकाले हृदयस्पर्शी भएको बताउनुभयो ।

काफिया प्रयोगमा सचेत देखिएका गजलकार अधिकारीले ‘खाडीको सुन’मा समेटेका गजलले नेपाली युवाहरु परदेश गएपछिका पिडा बुझ्न सहयोग गर्ने बताउनुभयो । नेपाली साहित्यमा बाढी भनिँदै आएको गजलाई सङ्लो बनाउनका लागि युवा गजलकारहरु खट्नुपर्नेमा उपाध्यायको जोड थियो ।

श्रीप्रसाद गौतमले गजलकारको परिचय दिनुभएको कार्यव्रmममा लेखकीय मन्तव्य राख्दै अधिकारीले आफूले जीवनमा देखेका र भोगेका कुराहरुलाई गजलमा उतार्ने प्रयास गरेको बताउनुभयो । सन्ध्याका उपाध्यक्ष अमुत सुवेदीको स्वागत र सहसचिव मोहन भण्डारीको सञ्चालनमा भएको कार्यव्रmममा सल्लाहकारहरु रुपिन्द्र प्रभावी, ईश्वरमणि अधिकारी र लक्ष्मण थापाले पनि शुभकामना दिनुभएको थियो ।

यसै बिच, गजल सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार सञ्चालन गर्दै आएको गजल वाचनको १५३ औँ वाचन पनि शनिबार नै सम्पन्न भएको छ । कार्यव्रmममा हेम सुवेदी, अम्बिका भण्डारी, रीता लामिछाने, रामकुमार फुच्चे, माया कुँवर, मिर्मिसा पराजुली, अर्घेलो, जनक दुलाल, कोसिस ओझा, अजय अनमोल, कल्पना पुर्जा, स्मृति पुर्जा, सफल बुढाघरे, विवश बाबु, लक्ष्मण बाँस्तोला चिन्तन, आर्या त्रिपाठी, किसान, हरिकृष्ण पोखरेल, खड्कराज वसन्त, विवश थापा, सुरज उपाध्याय, छन्दिका त्रिपाठी, लक्ष्मी थापालगायतले गजल वाचन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...