दोस्रो “फेश अफ फेशन” को अडिशन असारको अन्तिम साता

पोखरा, २१ असार /रमाईलो छ प्रालि पोखराले आयोजना गर्ने दोस्रो “फेश अफ फेशन” मोडलिङ प्रतिस्पर्धाको छनौट चरण असारको अन्तिम साता हुने भएको छ । फेशन शो मार्फत आफ्नो ब्यक्तित्व बिकास गर्न र मोडलिङ्मा करियर जमाउन चाहने युवा युवतीहरुको लागि दोस्रो “फेश अफ फेशन” मोडलिङ प्रतिस्पर्धाको छनौट चरण असार ३० गते लेकसाईड स्थित फ्युल बार एण्ड ग्रीलमा हुने कार्यक्रम संयोजक यस्बिना श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मोडल निश्चल्ता भट्टचन, र कोरियाग्राफर अनिश श्रेष्ठ, लगायतले सहभागीहरु मध्येबाट कुल ४० जना प्रतियोगिहरुलाई फाईनलका लागी छनोट गर्नेछन । प्रतियोगितामा एसईई उत्तिर्ण गरेको, ५ ईन्च २ फिट भन्दा बढी उचाइ भएका युवती र ५ फिट ५ ईन्च भन्दा बढि उचाई भएका जहाँसुकैका युवा–युवतीले प्रस्पिर्धामा सहभागी हुन पाउने श्रेष्ठले बताए ।

उनका अनुसार १६ देखि २५ वर्ष उमेर समुहका युवायुवतीले भाग लिन पाउने सो मोडलिङ प्रतिस्पर्धाको अन्तिम चरणमा मोडलहरुलाई बिशेष पहिरनको व्यवस्था पोखराको चिप्लेढुङ्गा स्थित आईएफसि कलेजले गर्नेछ । श्रेष्ठले प्रतिस्पर्धाको फाईनल भदौ १६ गते शनिबार हुने बताउदै निकिता चन्डक (मिस नेपाल २०१७), ईण्डियन्स् नेक्स्ट टप मोडलका फस्ट रनर अफ सबिता कार्की र बरिष्ठ फेशन डिजाईनर अमित बरारले निर्णायकको भुमिका निर्बाह गर्ने बताए ।

प्रतिस्पर्धाबाट एक÷एक जना युवा युवतीलाई बिजेता तथा उपबिजेता घोषणा गरिने प्रतियोगिता ब्यवस्थापक साईमन गुरुङले बताए । गुरुङका अनुसार बिजेताले नगद, ताज, म्युजिक भिडियोमा अभिनय गर्ने अबसर, फोटो सुट तथा विभिन्न आकर्षक गिफट् ह्याम्पर लगायतका पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ताज, नगद तथा अन्य आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन । सोही अवसरमा ड्रेस डिजाइनरहरुको समेत प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो फेश अफ फेशनको उपाधी पुजा शाई र रबि आले मगरले हात पारेका थिए ।

कमेन्टहरु
Loading...