वातावरण दिवसको अवसरमा पोखरामा वृत्तचित्र प्रर्दशन

श्याम राना
पोखरा, २२ जेठ/मिलानकोली अभियानले मंगलबार श्रीकृष्ण चलचित्र मन्दिर तेर्सापट्टीमा वातावरण सम्बन्धी वृत्तचित्र प्रदर्शन गरेको छ । पोखराका करिब ६ वटा विद्यालयका विद्यार्थीलाई उक्त वृत्तचित्र देखाइएको थियो । विद्यार्थीहरुलाई वातावरण संरक्षणमा सचेत बनाउन उक्त वृत्तचित्र देखाएको वृत्तचित्र निर्माता÷निर्देशक तथा परिकल्पनाकार वातावरण अभियन्ता निपेश ढाकाले बताए ।

वृत्तचित्र निर्माणमा सिम नेपालको सहयोग रहेको वृत्तचित्र निर्देशक ढाकाले जनाए । ‘बाँकी सबै व्यक्तिगत खर्च छ,’ उनले भने, ‘जर्मनीमा पढेर फर्किसकेपछि नेपालमै आफैले केही गर्नुपर्छ भनेर वातावरण सम्बन्धी वृत्तचित्र निर्माण गरेको हुँ ।’ क्यामेरा बोकेर विकट क्षेत्रमा जाँदा काम गर्न झनै उत्साही भएको उनले सुनाए । ‘वृत्तचित्र निर्माणको क्रममा नेपालको ६५ जिल्ला पुगेको थिएँ,’ उनले थपे, ‘बाँकी जिल्लाहरुमा परिवेश मिल्दो, जुल्दो भएकाले गएनौ ।’

विषालु सर्पले डसेर कैयौँ मान्छे मरेका ठाउँमा पनि क्यामेरा बोकेर गएको उनले सुनाए छन् । ‘हिमाली जिल्लाहरुमा भिडियो खिच्दा/खिच्दै चिसोले क्यामेरा बन्द हुुन्थ्यो,’ उनले भने, ‘शरीर पूरै हिउँले छोपिन्थ्यो ।’ वृत्तचित्र निर्माण गरिसकेपछि गीत पनि बनाऊँ न भन्ने लागेर गीत बनाएको ढाकाले बताए । ३ सय ६५ जना गायक/गायिकालाई एउटै गीतमा समावेश गरी उनले गीत तयार गरेका छन् ।

‘सबै कलाकार एकै ठाउँमा भेला भएर गित रेकर्डिङ, रियलसल गर्न १० घन्टा लागेको थियो,’ उनले भने । सुगमस्थलका विद्यार्थीहरुलाई वृत्तचित्रको न्यूनतम शुल्क लिएको र दुगर्मका बालबालिकालाई निःशुल्क देखाइने उनले बताए । अहिलेसम्म १७ वटा विद्यालयमा वृत्तचित्र प्रदर्शन गरेको र अभियानलाई नेपालभर पु¥याउने लक्ष रहेको निर्देशक ढाकाले जनाए ।

कमेन्टहरु
Loading...