‘खबर हराएको चिठी’ मञ्चन शुरु

पोखरा, ८ भदौ/ पोखरामा नाटक ‘खबर हराएको चिठी’ मञ्चन शुक्रबारबाट शुरु भएको छ । नाटक भाद्र १०

गतेसम्म पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्र्धव नाटकघरमा मञ्चन हुनेछ ।

नाटक भोली शनिबार दिउसो १ बजेर साँझ ५ बजे गरी दूई सो मञ्चन हुनेछ । आइतबार भने साँझ ५ बजे

अन्तिम सो को रुपमा नाटक देखाइनेछ । मण्डला थिएटर नेपाल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन

पोखरामा भएकोे हो ।

सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका नागरिकहरु तथा तीनका परिवारले भोगीरहेका समस्या सम्बन्धी

विषयमा नाटक केन्द्रित छ । १२ जना निर्देशक मिलेर तयार पारेको चार फरक कथालाई जोडेर नाटक तयार

भएको हो । परिवारको समस्या बारेको कथाको नाटकमा नेपालका विभिन्न ठाउँका कलाकारको अभिनय हेर्न

पाइनेछ । नाटकमा किरण चाम्लिङ राई, चेतन आङथुपो, आकाक्षा कार्की, रेनुका कार्की, पत्रिका घिमिरे, पशुपती

राई, परिवर्तन, चे शंकर, सुदाम सिके, सिजन दाहाल, केदार श्रेष्ठ, सोनाम लामाले लेखन निर्देशन र अभिनय

गरेका छन् । साथमा पोखरा थिएटरका कलाकारले समेत अभिनय तथा व्यवस्थापनमा सघाएका छन् । बिमल

सुवेदीको सहजिकरण र राजन खतीवडाको संयोजनमा नाटक तयार भएको हो । बारात लिम्बुले ध्वनि संयोजन

गरेका छन् । नाटकको शान्ती सल्लाहकारको रुपमा सोमनाथ खनाल, माइकल थोनहाउसर, दृश्यमा विकास

जोशी र वित्तिय व्यवस्थापकमा गोविन्द पराजुली रहेका छन् ।

मण्डला थिएटर नेपालको आयोजनामा भएको नेपालका युवा निर्देशकहरुको कार्यशालामा सहभागी भएका

निर्देशकले तयार पारेको नाटकल् दर्शकको ध्यान खिच्न सफल बनेको छ । कार्यशालामा देशभरबाट १४ जना

निर्देशकले सहभागीता जनाएका थिए । पोखरा पश्चात यो नाटकलाई बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको

अवसरमा मञ्डला थिएटर काठमाण्डौमा मञ्चन गरिने नाटकका शान्ति सल्लाहकार सोमनाथ खनालले जनाए

। नाटक हेर्न सर्वसाधरणका लागि ३ सय र ५ सय तथा विद्यार्थीका लागि २ सय रुपैयाँ शुलक लाग्ने पोखरा

थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए ।

कमेन्टहरु
Loading...