पोखरा महोत्सवमा आयोजित प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी स्याङजालाई

पोखरा ७ माघ /पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधी संगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा लोकदोहरी प्रतिष्ठान गण्डकी प्रदेशले दोश्रो स्थान सहित नगद २५ हजार सहित प्रमाण पत्र प्राप्त गर्र्न सफल भयोभने लोकदोहोरी प्रतिष्ठान गोर्खाले द्धितिय हुदै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कास्कीले शान्तवना स्थान हासिल गर्दै नगद ८ हजार र प्रमाण पत्र प्राप्त गर्न सफल भयो ।

दोहोरी प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन फोर्स अटोमोवाइल, क्याप्नेट फत्त बहादुर गुरुङ, मेजर हितमान गुरुङ र भरत केसीले गरेका थिएभने । दोश्रो पुरस्कार पोखरा कान्तिपुर पार्टी प्यालेस बुद्धचोकका संचालक लिला बहादुर जिसीले गरेका थिएभने तृतीय पुरस्कारको प्रायोजन इन्द्रेणी क्याफे पोखरा ट्रेड मलका सञ्चालक सुमित खड्काले गरेका थिए । शान्तवना पुरस्कारको ब्यवस्था लेखनाथमा सञ्चालनमा आउन लागेको पिपलडाली दोहोरी सांझका सञ्चालक श्री प्रसाद गुरुङले गरेका थिए । फाइनल प्रतिष्पर्धामा प्रतियोगीहरुले विभिन्न विद्यामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिएभने प्रतियोगितामा लोक दोहोरी गायकहरु चन्द्रा शर्मा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना र प्रेमराज अधिकारीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

अमरसिंह चौरमा जारी पोखरा महोत्सवको एघारौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुत र प्रीति आलेको ब्याटल दोहोरीले महोत्सवमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन लिएका थिएभने सपुतको बोल माया र आलेको बामरी बोलको गीत मार्फत समेत दर्शकले मनोरन्जन लिएका थिए । महोत्सवमा सोमबार चन्द्र शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, राजेन्द्र सापकोटा, रमा राना, कमला गैरे लगायतको प्रस्तुती रहेको थियोभने सांस्कृतीका कार्यक्रम तर्फ तरेली सांस्कृतीक परिवारको सांस्कृतीक नृत्य प्रस्तुती रहेको थियो । सोमबार सांझ स्थानिय ड्रिमर्स ब्याण्ड र सबिन राई एण्ड द फेरोहको लाईभ ब्याण्ड प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ शंकर बिरही गुरुङ, शिवहरी ढुंगाना, परशुराम अधिकारी, ज्ञानेश्वर सुवेदी, दिलु लामा, दिल कुमारी मोक्तान, पुजा गुरुङ, टेक क्षेत्री, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय आयाम ब्याण्ड र सुशान्त केसीको प्रस्तुती रहने महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।महोत्सवको अन्तिम दिन सम्म आइपुग्दा महोत्सव भब्य र सभ्य सहित कुनैपनि अप्रिय घटना हुन नसकेको महोत्सव सुरक्षा ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाले वताए । बानियाका अनुसार युनाइटेड क्लवले महोत्सवकै आयोजना गरी सामाजिक काममा सक्रिय रहेकाले दर्शकले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी दर्शकले साथ दिएको हो ।

महोत्सवमा राखिएको शर्प संरक्षण सम्बन्धी जानकारी लिने र महोत्सव स्थलबाटै पोखराको लेखनाथमा निर्माणाधिन चिडियाखाना पोखरा जुलोजिक पार्क हेर्न जानेको समेत उल्लेख्य भीड लागेको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले वताए । थापाका अनुसार महोत्सवको एघारौ दिन सम्म आइपुग्दा समेत दर्शकको उल्लेख्य उपस्थिती रहेको र महोत्सवमा राखिएको स्टलहरुमा समेत राम्रो कारोबार भएको समेत थापाले वताए ।

कमेन्टहरु
Loading...