अमेरिकन आइडलको टप २०मा दिवेश पोखरेल

एजेन्सी/ ओरिकन आइडलको १८ औं संस्करणमा नेपाली मूलका दिवेश पोखरेल अन्तिम २० मा पुग्न सफल भएका छन् ।

अमेरिकन आइडलले सोमबार राती प्रशारण दिवेशले शीर्ष २० प्रतिस्पर्धीको नाममा पर्न सफल भएका हुन् ।

अमेरिकन आइडलको शीर्ष २० प्रतिस्पर्धी घोषणा गर्नुअघि निर्णायक मण्डलमध्येका एक लियोनेल रिचीले उनलाई आफ्ना सबै प्रतिस्पर्धी मध्ये सबैभन्दा युनिक (अद्विीतीय) प्रतिस्पर्धीको उपमा दिए ।

दिवेशको प्रस्तुती हेर्न उनको सपरिवार अमेरिकन आइडलको स्टेजमा पुगेको थियो ।

उनले बब मार्लीको ‘इज दिस लभ’ बोलको गीतमा आफ्नो प्रस्तुती दिएका थिए । २१ वर्षे दिवेश आर्थर गन नामबाट पनि परिचित छन् ।

कमेन्टहरु
Loading...