ढिकुरपोखरीमा तीजमेलाको तयारी

पोखरा, १२ साउन / ढिकुरपोखरी युवा संजालको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा तीजमेला हुने भएको छ । भदौ २३ गतेदेखि २८ गतेसम्म विभिन्न प्रतियोगिताका बीच मेला गर्न लागिएको हो ।

मेला अन्र्तगत खुल्ला नकआउट फुटवल प्रतियोगिता, तीजगीत, ठेलो तथा रस्साकसी लगायतका प्रतियोगिताहरु गरिने भएका छन ।जसको सुरुवाती तयारी स्वरुप मुल आयोजक समिति र अन्य विभिन्न उपसमितिहरु गठन गरिएको छ । ढिकुरपोखरीमा तीजमेलाको लामो इतिहास छ ।

स्थानिय माछापुच्छे« माविको हातामा हुने उक्त मेला सम्पन्न गर्न विकास गुरुङको संयोजकत्वमा १७ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरिएको छ । जसअनुसार मनबहादुर गुरुङको संयोजकत्वमा खेलकुद उपसमिति, राजकुमार गुरुङ(राजु)को संयोजकत्वमा अर्थ संकलन उपसमिति, त्रिलोचन पौडेलको संयोजकत्वमा खेल मैदान मर्मत उपसमिति निर्माण गरिएको छ ।

त्यसै एकनारायण पौडेलको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, संजालका अध्यक्ष शुसिल भट्टचनको संयोजकत्वमा लेखा÷अनुगमन उपसमिति, जीतबहादुर थकालीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, युवराज गुरुङको संयोजकत्वमा अतिथी सत्कार उपसमिति, भोलानाथ पौडेलको संयोजकत्वमा प्राथमिक उपचार उपसमिति, श्रीभद्र पौडेलको सयोजकत्वमा मिडिया परिचालन उपसमिति, तथा मीना भण्डारीको संयोजकत्वमा तीजगीत तथा सांस्कृतिक उपसमिति निर्माण गरिएको छ ।

विगत केही वर्ष खेल मैदान स्तरउन्नतीका कारण हुन नससकेको उक्त मेलालाई यस वर्षदेखि निरन्तरता दिन लागिएको हो ।मेला अन्र्तगत हुने फुटबल प्रतियोगिताको बिजेता समूहले नगद रु. एक लाख ११ हजार एक सय ११ र उपविजेता समूहले नगद रु. ५५ हजार पाँच सय ५५ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...