ढिकुर पोखरीको तीज मेलालाई ६ लाख बढी सहयोग

पोखरा, ११ भदौ/ यस वर्ष ढिकुरपोखरीमा हुने तीजमेलालाई विभिन्न संघसंस्थाबाट सहयोग आउनु क्रम जारी

रहेको छ । जसअन्र्तगत सोमवारसम्ममा ६ रुपैया लाख बढी सहयोग घोषणा भएको मेला संयोजक विकास

गुरुङले जानकारी दिए ।

भदौ २३ गतेदेखि २८ गतेसम्म ढिकुरपोखरी स्थित माछापुच्छे« माविको प्राङगणमा हुने मेला अन्र्तगत खुल्ला

नकआउट फुटवल प्रतियोगिता, तीजगीत, ठेलो तथा रस्साकसी लगायत विविध सांस्कृतिक कार्यक्रमहरु गर्न

लागिएको छ ।

मेला अन्र्तगत हुने खुल्ला नकआउट फुटवल प्रतियोगिताको प्रथम पुरस्कार रु.एक लाख ११ हजार एक सय ११

लाई महेन्द्रपुल स्थित टार्गेट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले प्रायोजन गरेको छ । त्यस्तै फुटवलको

दोस्रो पुरस्कार रु. ५५ हजार पाँच सय पचपन्न अन्नपूर्ण २, हाल पोर्चुगल निवासी निराजन अधिकारीले सहयोग

गर्ने घोषणा गरेका छन ।

त्यस्तै भुतपुर्व फुटबल खेलाडी ढिकुरपोखरी युकेबाट रु. ५५ हजार, अन्नपूर्ण ३ निवासी लालसिंह गुरुङबाट रु. २०

हजार, अन्नपूर्ण ३ हाल हङकङ निवासी चिजा गुरुङबाट रु. १७ हजार पाँच सय ५०, अन्नपूर्ण ३ हाल युके निवासी

कृष्ण गुरुङबाट रु. १४ हजार लगायत अन्य थुपै संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएको आयोजक

ढिकुरपोखरी युवा संजालले जनाएको छ ।त्यस्तै अन्नपूर्ण गाउँपालिका, विभिन्न वडा कार्यालय तथा शुभेच्छुक

संघसंस्था एवं व्यक्तिहरुबाट पनि सहयोग आउने क्रम जारी रहेको छ ।

मेलामा ‘स्थानिय निकाय र महिला नेतृत्व’ विषयक वडा स्तरीय तीजगीत प्रतियोगिता पनि हुँदैछ ।जसमा प्रथम

हुनेले रु. २० हजार, द्वितीय हुनेले रु.१५ हजार, तृतीय हुने समूहले रु.१० हजार तथा सान्त्वना हुने समूहले ५

हजार साथमा प्रमाणपत्र पुरस्कार पाउने छन।उक्त प्रतियोगितामा २० देखि २२ टिमले सहभागिता जनाउने

तीजगीत संयोजक मीना भण्डारीले जानकारी दिइन ।

आयोजक संजालका महासचिव दिल जिसीले विगतका भन्दा यसवर्षको तीजमेलालाई विशेष बनाउन लागिएको

भन्दै त्यसमा खुलेर सहयोग गर्न सरोकारवालासँग समक्ष आग्रह गरेका छन ।उनले मेला संचालानार्थ रु. १२

लाख १० हजार खर्च लाग्ने अनुमान गरिएका पनि जानकारी दिए ।मिडिया परिचालन उपसमिति संयोजक

श्रीभद्र पौडेलले मेलाको ऐतिहासिक महत्व छ भन्र्दै मेलालाई सबैले खुलेर सहयोग गर्नुपर्ने जनाएका छन।

कमेन्टहरु
Loading...