गायक श्रेष्ठ ढेवाजु स्मृति पुरस्कारबाट सम्मानित

पोखरा, २४ फागुन। वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ ‘लालबहादुर–चण्डेश्वरी ढेवाजु सङ्गीत स्मृति पुरस्कार’ बाट सम्मानित भएका छन्। स्व.लालबहादुर–चण्डेश्वरी ढेवाजुका परिवारद्वारा स्थापित तथा सङ्गीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित पुरस्कार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरूभक्तले श्रेष्ठलाई सम्मान प्रदान गरे। श्रेष्ठलाई ५१ हजार एक सय एक रूपैयाँ, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो।
सम्मानपछि कुलपति सरुभक्तले गायक श्रेष्ठले नेपाली गीत–सङ्गीतलाई विस्तारित गर्ने काम गरेको बताए। गायकको परिचयन दिँदै छनोट समिति संयोजक, साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेपाली सङ्गीत आकासमा दीप श्रेष्ठ एउटा चम्किलो तारा भएको बताए। गायक कर्ण दास, कवि सरस्वती प्रतीक्षा, गायिक हरिदेवी कोइराला लगायतले कालजायी गीत गाउने श्रेष्ठ पुराना र नयाँ दुवै पुस्ताका प्रिय गायक भएको बताए।

सम्मानपछि गायक श्रेष्ठले पोखरामा सम्मान हुन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली गीत सङ्गीतको सम्मान गर्ने परिपाठीले गायकलाई प्रोत्साहन र नयाँ पुस्ताको पनि आशाको दियो बल्ने बताए। सम्मानपछि श्रेष्ठले आÇना गीत पनि सुनाएका थिए। विगत पाँच दशकदेखि नेपाली गीत, सङ्गीतको क्षेत्रमा श्रेष्ठले पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको अध्यक्ष सुरेन्द्रमान बिजुक्छेले बताए।

कार्यक्रममा स्वर्गीय लालबहादुर–चण्डेश्वरी ढेवाजुका छोरीहरू सरस्वती श्रेष्ठ र विजया मल्लले पुरस्कारको अक्षयकोषमा थप दुई लाख रुपैयाँ थप गरेका थिए। तीन–तीन वर्षमा दिइने पुरस्कारको अक्षयकोष अब सात लाख रुपैयाँ पुगेको छ। तीर्थ श्रेष्ठ संयोजक र कृष्णकहादुर श्रेष्ठ, हरिदेवी कोइराला, रामगोपाल ढेवाजु, सङ्गीत प्रशिक्षण केन्द्रका अध्यक्ष सुरेन्द्रमान बिजुक्छे सदस्य रहेको छनोट समितिले श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको थियो।

१४ वर्षको उमेरमै ‘म पत्थरको देउता होइन’ गीत रेकर्ड गराएका श्रेष्ठलाई पुराना र नयाँ पुस्ताको संयोजन गर्ने गायकको रूपमा पनि लिने गरिएको छ। गायक श्रेष्ठ बुबा जयनारायण र आमा इन्दिरा श्रेष्ठको कोखबाट सन् १९५० डिसेम्वर ६ मा धरानमा जन्मिएका थिए। ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा’, जस्ता दजनौं गीत लोकप्रिय छन्।यो पुरस्कारबाट यसअगाडि सरोजगोपाल वज्राचार्य, बाबा राणा, कल्याण शेरचन, श्यामलाल श्रेष्ठ, अमृत गुरूङ, रामभक्त जोजिजू र धनबहादुर गायक सम्मानित भइसकेका छन्।

कमेन्टहरु
Loading...