लक्ष्मी पूजाको दिन दिप साँझ

पोखरा, १२ कात्तिक/सातौं संस्करणको दिप साँझ कात्तिक २१ गते लक्ष्मीपूजाको दिन हुने भएको छ । पोखरा महानगरपालिका वडा नं १६ मा क्रियाशिल दिप युनाईटेड क्लबले विगतमा जस्तै यस वर्ष पनि उत्त कार्यक्रम गर्न लागेको आईतबार आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।

क्लबको आफ्नै भवन निर्माण, पोखरा १६ सेतिमार्गमा क्लबको सक्रियतामा निर्माण गरिरहेको बहुउद्देश्यीय पार्कलाई बाल तथा वृद्धमैत्री संरचनाहरु निर्माण गर्न, ६० वर्ष उमेर पुगेका वृद्धा आमाहरुलाई एक दिने धार्मिक भ्रमण , युवा लक्षित तथा सामाजिक सचेतनाका कार्यक्रमहरु संचालनका लागि अर्थ संकलन गर्ने लगायतका उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक राजेश गुरुङले बताए ।

दिप पार्कमा उक्त दिन साँझ ६ बजेबाट राती १० बजे सम्म हुने दिप साँझमा नेपाली सांगीतिक फाँटका चर्चित गायक नविन के भट्टराई, गायिका इन्दिरा जोशी, सन्ध्या बुढा९काउली बुढी०, ड्रिमर्ज व्याण्ड, लेजेन्ड व्याण्ड लगायतको प्रस्तुती रहने छ ।

कार्यक्रममा प्रवेश शुल्क रु २ सय लाग्ने बताईएको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित खर्च ८ लाख ९० हजार रुपैया लाग्ने आयोजक जनाएको छ ।

कमेन्टहरु
Loading...