रंगशालामा दशैं मेला तथा कास्की छनौट प्रतियोगिता

असोज ४,पोखरा/कास्की जिल्ला खेलकुद विकास समिति र नेपाल मेला व्यापार संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा शुरु भएको दशैं मनोरन्जन व्यापार महोत्सवमा दर्शक आर्कषित भएका छन् । बुधबारदेखि शुरु भएको महोत्सव अन्तर्गत दोश्रो दिन बिहिबार शिव हमाल, शिवहरी ढुङ्गाना, तुल्सा जिसि, निश्चल थापा, भवि थापा लगायतका कलाकारहरुको दोहोरीमा दर्शक झुमेका थिए ।

कार्यक्रम अन्तर्गत विहिबार दोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, रामजी पौडेल, सरिता सारु लगायतका कलाकारहरुको प्रस्तुती रहने छ भने विभिन्न कलाकारहरुको नृत्य समेत रहने साँस्कृतीक कार्यक्रमका संयोजक गोविन्द गुरुङ्गले जानकारी दिए । त्यस्तै खेलकुदका सम्पूर्ण तालिकाहरु शुक्रबार सार्वजनिक गरिने खेलकुदतर्फका संयोजक दिपक गोदारले जानकारी दिए । प्रतियोगिताबाट छिट्टै हुने क्षेत्रिय प्रतियोगिताका लागि कास्कीका खेलाडीहरु छानिने उनले बताए । विभिन्न १६ इभेण्टबाट कास्की खेलाडी छानिने छन् । महोत्सव आगामि १४ गतेसम्म सञ्चालन हुनेछ ।

कमेन्टहरु
Loading...