म्युजिक भिडियोमा स्याङ्जाको दुई गाउँ

स्याङ्जा, १४ पुस/स्याङ्जाको दुइवटा गाउँको प्रवद्र्धन गर्ने गरी दुई छुट्टा छुट्टै म्युजिक भिडियो निर्माण गरिएको छ । स्याङ्जा स्थित विरुवा गाउँपालिका २ दारा बेसारडाँडा र तुलसीचौर गाउँको म्युजिक भिडियो निर्माण गरिएको हो । म्युजिक भिडियोको हालै एक समारोहका विच विमोचन गरिएको थियो ।

तुलसीचौर गाउँको म्युजिक भिडियोको विमोचन विरुवा गाउँपालिकाका उयाध्यक्ष देवी थापा, स्थानीय सिद्धप्रगति आमा समुहका अध्यक्ष सरिता गुरुङ र वयोवृद्ध फत्तबहादुर गुरुङले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा बोल्दै विरुवा गाउँपालिका उपाध्यक्ष थापाले गाउँको प्रवद्र्धनमा म्युजिक भिडियोले टेवा पु¥याउने बताइन् ।

गाउँ प्रवद्र्धन गर्ने गीतको शब्द रचना बल गुरुङले गरेका थिए भने संगीत रोशन गुरुङले भरेका थिए । गीतमा मालती गुरुङ र निशा गुरुङले स्वर दिएका छन् । तुलसीचौर साँस्कृतिक तथा पर्यटन प्रवद्र्धन समिति र जुनकिरी युवा क्लबले निर्माण गरेको गीतको भिडियोमा निशा गुरुङ, कुमारी गुरुङ र पुजा गुरुङले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन प्रेमबहादुर गुरुङले गरेका थिए भने नृत्य निर्देशन साजन गुरुङले गरेका थिए ।

म्युजिक भिडियोमा स्याङ्जाको दुई गाउँ
म्युजिक भिडियोमा स्याङ्जाको दुई गाउँ

स्थानीय जुनकिरी युवा क्लबको अध्यक्ष सोमन गुरुङको अध्यक्षतामा भएको विमोचन कार्यक्रमको संचालन तुलसीचौर प्राविका प्रअ रिम गुरुङले गरेको थिए । कार्यक्रममा गीतका संयोजक बल गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
यस्तै, दारा बेसारडाँडा गाउँ चिनाउने म्युजिक भिडियोको पनि विमोचन गरिएको छ । स्थानीय लालीगुराँस युवा क्लब, धर्मोदय आमा समुह, इन्द्रकमल आमा समुह, संगम युवा क्लब, नवप्रगतिशिल आमा समुह र बल गुरुङले निर्माण गरेको उक्त म्युजिक भिडियोको विमोचन विरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले गरेका हुन् ।

स्थानीय संगम युवा क्लबका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शर्माले गाउँको विकास र प्रवद्र्धनमा आप्mनो ध्यान केन्द्रित भएको बताए । दारा बेसारडाँडा गाउँको गीतको शब्द रचना तेज गुरुङले गरेका थिए भने संगीत धनबहादुर गुरुङ र स्वर मालती गुरुङले दिएका छन् । उक्त गीतको भिडियोमा जेनिशा गुरुङ, नानु गुरुङ र करुणा गुरुङले अभिनय गरेका छन् । प्रेमबहादुर गुरुङद्धारा निर्देशित उक्त भिडियोको नृत्य निर्देशन तथा कोरियोग्राफी पवित्रा गुरुङले गरेका थिए ।

सुपर युनिक एम्युजमेन्ट प्रालि पोखराको पोष्ट प्रोडक्सन रहेको दुबै गाउँको गीतको छायाङ्कन तथा सम्पादन टेकमान गुरुङले गरेका थिए । गीत मार्फत गाउँको प्राकृतिक सौन्दर्य र सँस्कृति उजागर गरेको निर्देशक प्रेमबहादुर गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...