नेपाल आइडल उत्कृष्ट आठबाट क्रिसल कँडेल बाहिरिए

पोखरा, १ मंसिर / रियालीटि सो नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन् । एपिवान टेलिभिजनबाट शुक्रबार राती प्रशारण भएको कार्यक्रममा कँडेल बाहिरिएका हुन् ।

धादिङबेँसीका क्रिसल पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका थिए । क्रिसलले रेडियोमा गीत सुनेरै गीत गाउने सीप सिकेका थिए ।सांगीतिक यात्राको पहिलो गुरु नै रेडियोले बजाउने गीत रहेको उनी बताउँछन् ।

‘म हारेर गएको होइन, नेपाल आइडलबाट धेरै कुरा जितेर बाहिरिएको छु । नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’, बाहिरिएपछि उनले भने ।

नेपाल आइडलको उत्कृष्ट सातमा पोखराका विक्रम बराल र निलिमा मगर, त्यसै गरि पवन गिरी, अश्मिता अधिकारी, रवि ओड, सुमित पाठक, अमित बराल रहेका छन् ।

कमेन्टहरु
Loading...