छमछमीको पोखरा अडिसन सुरु

पोखरा, ४ पुस । नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको ‘नृत्यु रियालिटी सो’ चौथो संस्करण ‘रियो छमछमी सिजन–४’ पोखरा अडिसन आजबाट सुरु भएको छ । मंगलबार​देखी सुरु भएको सो अडिसनमा पोखरा, स्याङ्जा, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट उत्साहाजनक सहभागीता रहेको नेपाल टेलिभजनका पोखरा संवाददाता रेमश पौडेलले जानकारी दिए ।

पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा जारी अडिसन बुधबारसम्म चल्ने छ । अडिसनको निर्णायकमा महेश गोदार र स्थानिय निर्णायकमा मनकुमार श्रेष्ठ रहेका छन् । अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ विगत देखि संचालन हुँदै आएको ‘रियालिटी सो’मा १४ वर्षमाथिका प्रतियोगिले भाग लिन पाउने आयोजकले जनाएको छ । नेपाल टेलिभजनबाट हरेक शनिबार राती ८ः५० बजे प्रशारण हुँदै आएको कार्यक्रमका विजेताले २८ लाख बराबरको कार पुरस्कार पाउनेछ । यस्तै दोस्रो र तेस्रोले क्रमश ५ लाख र ३ लाख रुपैयाँ पाउनेछ भने उत्कृष्ट १० मा पर्नेले जनही १ लाख पाउने बताइएको छ ।

कमेन्टहरु
Loading...