हास्य चलचित्र छक्का पण्जा भदौ २४ देखी प्रर्दशन हुने

सन्तोष बस्याल
पोखरा, २७ साउन/चर्चित हास्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको नेपाली चलचित्र छ्क्का पण्जा भाद्र २४ बाट प्रदशन हुँदै छ । जस्का लागि दिपकराज गिरी र दिपाश्री निरौला अहिले प्रचारप्रसारमा जुटेका छन । यसैक्रममा अष्ट्रेलियामा पनि चल्चित्र छक्का पण्जाको विशेष शो हुने भएको छ ।

चलचित्र छक्का पण्जा
चलचित्र छक्का पण्जा

अष्ट्रेलियाको माष्टर इभेन्टको सहकार्यमा उक्त चल्चित्र अस्ट्रेलियाको विभिन्न शहरमा प्रर्दशन गरिनेछ । शिघ्र नै चलचित्र छक्का पण्जा अष्ट्रेलियामा प्रर्दशन हुन लागेको मास्टर इभेन्टले जानकारी दिए । कमेडी भनिए पनि मुल कथा सस्पेन्स नै राखिएको ‘छक्का पञ्जा’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई छायाँकार पुरुषोत्तम प्रधानले खिचेका हुने भने संगीत राजनराज सिवाकोटी र दिपक शर्माको रहेको छ ।

नेपाली कलाकारीतालाई अन्तराष्ट्रिय जगतमा पहिचान गराउने र यसको व्यव्सायिकरण गर्ने उदेश्यले स्थापना भएको मास्टर इभेन्टले अस्ट्रेलियामा संगीत तथा चल्चित्र क्षेत्र सङ्ग सम्बन्धित रहेर काम गर्दै आईरहेको छ । यसैक्रममा चल्चित्र छक्का पण्जाको अष्ट्रेलियाको सम्पूर्ण शो को जिम्मेबारी पनि मास्टर इभेन्टले नै प्राप्त गरेको छ ।

यस्तै चर्चित हास्य कलाकार दिपाश्री निरौलाको निर्देशन रहेको चल्चित्र छक्का पण्जाको दुवै गीत पूर्व पशिचम रेल  र देखन चम्पा सुनन चम्पा  युटियुबमा सार्वजनिक भएसङ्गै लाखौं स्रोताहरुले मन पराएका छन । यसअघी रिलिज भएको चल्चित्र वडा न ६ को सुर्खे थैली  बोलको गीतलाई पनि सबैले मन परएका थिए । फल्स्वरुप फिल्मले पनि राम्रै कमाई गर्न सफल भयो । अब चल्चित्र छक्का पण्जाको पनि गीतको लोकप्रियताले फिल्म चल्ने सम्भावना बढी रहेको अपेक्षा समेत गरिएको छ। अब दर्शकको रोजाई रहेको छक्का पण्जाको गीत जस्तै यसको कथावस्तु लाई कसरी मुल्याङ्कन गरिन्छ त्यो त रिलिज पश्चात नै थाहाहोला ।

कमेन्टहरु
Loading...