Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

छक्का पञ्जा ३ः दोस्रो भन्दा राम्रो, पोखराका १० वटा हलमा प्रर्दशन

0

पोखरा, २४ असोज / यती बेला फिल्मी क्षेत्रमा एउटै चर्चा छ छक्का पञ्जा ३ फिल्म कस्तो होला । अघिल्ला फिल्महरुले राम्रो नाम

र दाम कमाए पछि छक्का पञ्जा ३ कस्तो होला भन्दै सबैको जिज्ञास छ । सिक्वेलहरूलाई अरूबाट भन्दा पनि आफ्ना अघिल्ला

सिक्वेलबाटै खतरा हुन्छ । तिनको चुनौती भनेकै सार्वजनिक भइसकेका सिक्वेलभन्दा अझ अगाडि रहने वा कम्तीमा कम

नहुने भन्ने हुन्छ ।

छक्का पञ्जा तिनले नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथितिलाई कथा बनाएको छ । पोखराका रहेका १० वटै

फिल्म हलमा छक्का पञ्जा ३ रिलिज भएको छ । मल्टिपेक्स हलमा दर्शक बढि भिड लागेको छ । पोखराका सभागृह चोकमा रहेको

मिड्टाउन मल्टिपेक्स हलमा ९ वटा सो भएको हल्का सञ्चालक उत्तम द्धाले जानकारी दिए । उनले ५ सोमा दर्शक फर्किनु परेको र

४ सोमा ८० प्रतिशत दर्शक रहेको बताए । उनले पोखराका सबै हलमा फिल्म चल्दा पनि यती धेरै दर्शक भएकाले फिल्म राम्रो बनेको

उल्लेख गरे । दर्शकहरुले अघिल्लो छक्का पञ्जा २ भन्दा छक्का पञ्जा ३ राम्रो भएको प्रतिक्रिया दिएको बताए ।

फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि

पौडेल,दीपिका प्रसाईले मुख्य भुमिका गरेका छन् । त्यसै गरी अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत

लगायत रहेका छन् ।

अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...