छमछमीको पोखरा अडिसन पुसमा

पोखरा, २४ मंसिर /नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको नृत्यु प्रतियोगिताको चौथो संस्करण छमछमी सिजन–४ पोखरा अडिसन हुने भएको छ ।
पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा पुस ३ र ४ गते हुने अडिसनको लागि नेपाल टेलिभिजनले तयारी थालेको छ ।

सो अडिसनका लागि नेपाल टेलिभिजनका पोखरा संवाददाता रमेश पौडेलले हिमाली सांस्कृतिक परिवार, रेडियो बाराही र पोखराका विभिन्न डान्स सेन्टरहरुमा सहजरुपमा फर्म पाइने व्व्यस्था मिलाइएको बताए ।

अन्नरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यबाट विगतदेखि संचालन हुँदैआएको छमछमी नृत्य प्रतियोगिताले नेपालको कला संस्कृति क्षेत्रमा टेवा पु¥याएको नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र बिष्टले जानकारी दिए ।

नृत्य प्रतिभा भएका १४ वर्षमाथिका सबैलाई अडिसनमा सहभागी हुन आह्वान गरिएको छ । विजेताले २८ लाख बराबरको कार पुरस्कार पाउनेछ । दोस्रो र तेस्रोले ५ लाख र ३ लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट १० मा पर्नेले जनही १ लाख पाउनेछन् । टेलिभिजनमा छमछमी शनिबार राति ८ः५० मा प्रसारण हुन्छ ।

टेलिभिजन एचडी क्वालिटीमा जाने भएकोले छमछमीसमेत एचडीमै छायांकन गरिएको वरिष्ठ क्यामेराम्यान पुरुषोत्तम घिमिरले बताए । पोखरा अडिसनमा उल्लेख्य सहभागिता हुने आयोजकको अपेक्षा छ ।

कमेन्टहरु
Loading...