च्ह च्हमी पोखरामा प्रर्दशन हुने

पोखरा ८ कात्र्तिक/गायक तथा नायक नरजङ्ग गुरुङ द्धारा अभिनित गुरुङ चलचित्र च्ह च्हमी (छोराछोरी) पोखरामा पहिलो पटक प्रदर्शन हुने भएको छ । फिल्मको यस अघि स्याङजा र लम्जुङ्गमा सफलता पुर्वक प्रर्दशनी भइसकेको छ । रोधीं को १९ औँ प्रस्तुति तथा प्रितम गुरुङको निर्देशन रहेको गुरुङ फिल्म च्ह च्हमीको शुक्रबार कल्पना सिनेमा हल तेस्रापट्टी पोखरामा च्यारिटि शो गर्न लागेको हो ।cha-chami-Mainkhabarलम्तरी सत्य युवा क्लवको आयोजनामा हुन लागेको प्रर्दशनी शुक्रबार दिउसो १२ र २ बजे गरि दुइ शो हुने आयोजकले जनाएको छ । गुरुङ सँस्कृतिमा आधरित फिल्मको इन्द्र गुरुङ, डिवि गुरुङ, सुनिता गुरुङ, मनोज गुरुङले निर्माण गरेका हुन् । फिल्ममा तिन गीत समावेश गरिएको छ । समावेश तिन गीत मध्ये दुइ गीतमा संगीत र स्वर जरजंग आफैँले दिएका छन भने धन बहादुर गुरुङ, शान्ती गुरुङ, रजनी राइले स्वर दिएका छन ।

फिल्ममा नरजंग संगै सविन गुरुङ, डिबी गुरुङ, तीर्थ गुरुङ, मनोज गुरुङ, सोविन गुरुङ, अनुता गुरुङ लगायत कलाकारले अभिनाय गरेका छन । फिल्मको सन्तोष कोन्मेले छयाङकन गरेका हुन भने जसु गुरुङ को कोरियोग्राफी रहेको छ । गुरुङ भाषा मै आधारित फिल्मले पोखराको प्रर्दशन पनि सफलता हासिल गर्ने फिल्मका नायक नरजंग गुरुङले बताए । पोखरामा गुरुङ समुदायको बहुल्यता रहेकाले पनि धेरैले फिल्म हेर्ने निर्माण पक्षले अपेक्षा गरेको छ । एक दशक देखी नेपाली आधुनिक संगित दुनियाँमा निरन्तर लागिरहेका गायक गुरुङले गुरुङ चलचित्र च्ह च्हमी (छोराछोरी) मार्फत फिल्मी क्षेत्रमा डेब्बु गरेका हुन् ।

कमेन्टहरु
Loading...