पोखरा बुद्ध लामाको नेपाल आइडलमा धमाका प्रस्तुती

पोखरा, ९ असार /नेपाल आइडलमा पोखराबाट भाग लिएका बुद्ध लामाले धमाका प्रस्तुती दिएका छन् । बिहीबार प्रशारण भएको नेपाल आइडलको अग्नि परिक्षा राउण्डमा उनले निर्णायको मन जिते । अन्तिम १२ का लागि भएको प्रतिस्पर्धामा १८ जना मध्ये बिहीबार ९ जनाले प्रस्तुती प्रस्तुत गरेका थिए ।

उनले अलिकत नजर तिम्रो भुकाएर आउ बोलको गित आएका थिए । उनको गित सुने पछि निर्णायकले उनको अघिल्ला प्रस्तुती जस्तै राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । पोखरा बास्तोलाथन निवासी लामाको आमाको अन्तरवार्ता समेत कार्यक्रमा प्रशारण भएको थियो । त्यो हेर्दै लामा रोएका थिए ।

उनले आफुलाई भोटिङ गर्न पनि समेत आग्रह गरे । यस अगाडी पोखराको विग एफएमले आयोजना गर्दै आएको विग आइकनमा समेत भाग लिएर टप २० मा पर्न सफल भएका थिए । नेपाल आइडलमा अन्तिम १८ मा परेका लामा कान्छा प्रतियोगि हुन् । नेपाल आइड एपिवान टेलिभिजनबाट प्रशारण हुने गर्दछ ।

कमेन्टहरु
Loading...