बुद्ध लामा मंगलबार पोखरा आउँदै

पोखरा २६ भदौ/एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा गायक बुद्ध लामा मंगलबार पोखरा आउनेभएका छन् । बुद्धको पोखरामा भव्य स्वागत गरिने ‘बुद्ध लामा जिताऔं’ अभियानका महासचिव मन क्षेत्रीले जानकारी दिएका छन् ।

ग्राण्ड फिनाले प्रवेशपछि आफ्नो गृहनगर पोखरा झर्न लागेका बुद्धसंगै रियालिटी सो संग सम्वन्धित अन्य प्रतिनिधीसमेत हुनेछन् । फाइनल प्रतिष्प्रर्धामा आफ्नो लागि भोट अपिल तथा गृहनगरमा हुने उनको भव्य स्वागतको छायाङ्कन गर्न शो का प्रतिनीधि उनीसंगै पोखरा झरेका हुन् ।

मंगलबार बिहान ८ बजे पोखरा एअरपोर्ट झर्ने बुद्धलाई बाजागाजासहित स्वागत गरिने छ । स्वागत पश्चात पृथ्वीचोक सभागृह चोक, सिर्जनाचोक हुँदै ¥यालीसहित पोखराको जनप्रिय चोकमा बुद्धको कन्र्सट समेत आयोजना गरिएको ‘बुद्ध लामा जिताऔं’ अभियानका संयोजक नवराज बरालले बताए ।

हजारौ प्रतिष्प्रर्धीलाई पछि पार्दै ग्राण्ड फिनाले प्रवेश गरेका बुद्ध सानैदेखि गायनका रुचि राख्दै साधना गरिरहेका प्रतिभा हुन् । टप थ्रि प्रवेश गर्दा अन्य प्रतिष्प्रर्धीलाई करिब २ लाख भोटअन्तर राखेका बुद्धलाई सम्भावित पहिलो नेपाल आइडलका रुपमा हेरिएको छ ।

कमेन्टहरु
Loading...