गङ्नम स्टाइलको युट्युब रेकर्ड तोड्यो ‘किल दिस लभ’ले

एजेन्सी /दक्षिण कोरियाका गायिकाहरूको सांगीतिक व्याण्ड ’ब्ल्याकपिंक’को नयाँ गीत ’किल दिस लभ’ले युट्युबमा कोरियन गायक पिएसवाईको विश्वचर्चित गीत ’गङनम स्टाइल’को कीर्तिमानलाई तोडेको छ ।

पिएसवाईको सो गीत सन् २०१२ मा रिलिज भएको थियो । ’किल दिस लभ’ले ३ दिनमा सो रेकर्ड भंग गरेको युट्युबले पुष्टि गरेको छ । यस गीतले सवार्धिक छिटो सय मिलियन भ्यूज कटाउने गीतको कीर्तिमान बनाएको हो ।

अप्रिल ४ मा रिलिज भएको गीतलाई हालसम्म १४७ मिलियन पटक हेरिसकिएको छ । गीतले रिलिज भएको २४ घण्टामा ५६.७ मिलियन पटक हेरिएको उसले जनाएको छ ।

यो सांगीतिक समूह सन् २०१६ मा स्थापित भएको हो । यसमा जिसो, जेनी, रोज र लिसा गरी चार सदस्य रहेका छन् ।

कमेन्टहरु
Loading...