बलदीपले निरमायाँलाई बोलाएपछि (भिडियोसहित)

पोखरा, २४ कात्तिक/गायक बलबहादुर अर्मजा (बलदीप)को नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘निरमायाँ’ बोलको गीतको म्यूजिक भिडियो ‘सङ्ग्स् नेपाल’ले यूट्युबमार्फत विश्वव्यापी सार्वजनिक गरेको हो ।

सार्वजनिक भिडियोमा नादिया चोचाङ्गी पुन र विशाल गुरुङले अभिनय गरेका छन् । भिडियोलाई आशिस पुनले निर्देशन गरेका हुन् । आफ्नो ‘निरमायाँ’लाई फकाउने शैलीमा बनेको यो गीतलाई सन्तोषी गुरुङ र आरके गुरुङले लेखेका हुन् ।

गीतकार मध्येकै एक आरके गुरुङको संगीत रहेको गीत लामाचौरस्थित पुन डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । गीतको भिडियोलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् भने छवि रानामगर भिडियोको सम्पादक हुन् । भिडियोको सम्पूर्ण सम्पादनको काम म्याक्सन फोर डि स्टुडियोमा भएको हो । भिडियोलाई हाल यूकेमा रहेका सोम चोचाङ्गी पुनले निर्माण गरेका हुन् ।

‘गीतको भाव अनुसारको भिडियो बनेको छ । र, यो गीत सबैले रुचाएको मैले पाएको छु ।’ गायक बलदीपले भने–‘सामाजिक संजालहरुमा पनि गीतले निकै राम्रो प्रतिक्रियाहरु बटुलेको छ ।’ त्यस्तै भिडियोका निर्देशक आशिष गुरुङले पनि मेहेनत अनुसारको भिडियो निर्माण भएको बताए । उनले भिडियो निर्माणका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद समेत दिएका छन् ।

कमेन्टहरु
Loading...