पोखरामा विन्दवासिनी दोहोरी साँझ सञ्चालनमा

पोखरा, २४ माघ/पोखराको चिप्लेढुंगा स्थित ‘विन्दवासिनी दोहोरी साँझ प्रालि’ सञ्चालनमा आएको छ । स्वच्छ एवं पारिवारिक वातावरणमा पाँचजना दोहोरी व्यवसायी विरेन्द्र केसी, दीपक न्यौपाने, भगत सुवेदी, कुमार गुरुङ र अमर धितालले दोहोरी साँझ सञ्चालनमा ल्याएका हुन् ।

दोहोरी शुभारम्भ कार्यक्रम माघ २६ देखि फागुन ५ गतेसम्म रहने सञ्चालक एवं शुभारम्भ विशेष साँगीतिक साँझका संयोजक दीपक न्यौपानेले बताए । उनका अनुसार शुभारम्भको अवसरमा राष्ट्रिय दोहोरी कलाकारहरु प्रजापति पराजुली, ज्योति मगर, राजु गुरुङ, कुलेन्द्र विक, जीवन दाहाल, प्रिति आले, शंकरबिरही गुरुङ, प्रकाश सपुत, कला लम्साल, भिमु गुरुङ, ओम गुरुङको विशेष प्रस्तुति रहनेछ ।

दिनभरको थकानलाई राहत प्रदान गर्दै लोक संस्कृतिलाई जीवन्त दिई कलाकारलाई रोजगारी प्रदान दोहोरीले गरेको प्रालिका अध्यक्ष विरेन्द्र केसीले बताए । दोहोरीमा हाल ३४ जना कर्मचारी रहेकोमा १७ जना कलाकारहरु रहेका छन् । ६४ लाख रुपैयाँमा तयार भएको दोहोरी साँझ एक सय एक अट्ने क्षमता रहेको केसीले बताए ।

अन्डरग्राउन्डमा सुरु गरिएको दोहोरीले कसैलाई पनि असर नपुग्ने केसीले बताए । उनका अनुसार शुभारम्भको अवसरमा दोहोरी आउने ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । पोखरामा विन्दवासिनीसँगै २३ वटा दोहोरी सञ्चालनमा छन् ।

कमेन्टहरु
Loading...