बिक्रम बरालको आवाजमा प्रतिक्षित फिल्म प्रसादको गीत

पोखरा, ९ मंसिर / नेपाल आइडल सिजन २ कादाबेदार मानिएका पोखराका बिक्रम बरालले मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’को तेस्रो गीत रेकर्ड गरिएको छ ।

काठमाडौंको नक्सालमा अवस्थीत एक स्टुडियोमा बिक्रमको आवाजमा प्रसादको तेस्रो गीत रेकर्ड गरिएको हो । बिक्रमको स्वर रहेको उक्तगितमा‘प्रसाद’को चर्चित गीत ‘लै लै‘.’का संगीतकार सुवास भुषालको शब्दतथा संगीत रहेको छ ।

निर्देशकदिनेश रावतकाअनुसार गितलाई फिल्ममा प्लेव्या कम्युजिकको रुपमाप्रयोग गरिने छ । यो गीतदर्शकले सिधै फिल्म हलमा मात्रै हेर्न पाउने छन् । प्रसाद रिलिज पश्चातमात्रै गीतलाई युट्युबमा रिलिज गरिने छ ।

बिक्रम बराललाई एउटा प्रोफेसनलगायक बराबर पारिश्रमिकदिएकोनिर्माता सुवास थापाले जानकारी दिए । बरालले गीत रेकर्ड गर्नु अघि निर्माताथापाले उनलाई गीतगाएबाफतपाउने पारिश्रमिक समेत हस्तान्तरण गरेकाथिए ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् । नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत मुख्य भुमिकामा रहेका छन ।

कमेन्टहरु
Loading...