बिक्रम बराललाई नेपाल आइडल बनाउन बरालको संयोजकत्वमा समिति गठन

पोखरा, १५ कात्तिक / एपिवान टेलिभिजनमा जारी नेपाल आइडलको दोस्रो संस्करणका प्रतिस्पर्धी पोखराका बिक्रम बराललाई जिताउन मूलसमिति गठन गरिएको छ । बिहीबार पोखरामा एक कार्यक्रम गरि २१ सदस्य मूलसमिति गठन गरिएको हो ।

त्रिबेणी संगीतालय न्युरोड पोखराको आह्वानमा गठन गरिएको समितिमा संयोजक नवराज बराल रहेका छन् । यस्तै सह—संयोजकमा मन बहादुर लाम्गादे, महासचिवमा मन कुमार श्रेष्ठ, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा सन्तराम बराल, सह—कोषाध्क्षमा भिम सेन्चुरी र सदस्यहरुमा श्रीमान थुलुङ, खिम गुरुङ, ताराबहादुर गुरुङ, लक्ष्मी गिरी, सुमन श्रापित,राजु गौतम, रुपलाल सुनार, अनु गहतराज, राज कुमार घिमिरे(कमल), शिव थापा, रमेश बिसी, गोरे गुरुङ, जीवन दाहाल, सुरेन्द्र गुरुङ, मन क्षेत्री रहेका छन् ।

त्यस्तै समितिको सल्लाहकारहरुमा पदमराज ढकाल, मेनकाजी गुरुङ, पुष्प पौडेल, त्रिभुवन शर्मा बराल, रविन कुमार विश्वकर्मा, श्यामलाल श्रेष्ठ, दशरथ सुनार, भीम बहादुर विक, बालकृष्ण कौक्षा मगर, दिपक घिमिरे, राजेन्द्र नेपाली शाक्य र निर्मल दियाली रहेका छन् ।

समितिले बिक्रम बराललाई आइडल बनाउन विभिन्न प्रचारप्रसार गरि सहयोगका लागि अपिल गर्ने संयोजक नबराज बरालले बताए । हामीले कास्कीमा मात्र सिमित नरही समग्र गण्डकी प्रदेशका जिल्लाहरुमा सहयोग समिति गठन गरि अझ प्रभावकारी ढङ्गले जाने निर्णय गरेका छौ, उनले भने ।

यसअघि बिक्रम बराललाई जिताउन पोखरामा नै सुनचाँदी व्यावसायी र स्वर्णकार कल्याण समितिको संयुत्त बैठकले सहयोग समिति गठन गरिसकेको छ । यो समितिले भने मूलसमितिकै अधिनमा रहेर काम गर्ने छ ।

बिक्रम बराल डेन्जर जोनमा पर्नासाथ पोखरा तात्न थालेको हो । स्मरण रहोस नेपाल आइडल सिजन १ का विजेता बुद्ध लामालाई जिताउन पनि नवराज बरालको संयोजकत्वमा सहयोग समिति बनेको थियो । जून सफल पनि रहयो ।

कमेन्टहरु
Loading...