बिग आइकनको उत्कृष्ट ५ बाट निलिमा बाहिरिईन्

पोखरा, ३० फागुन /सातौँ सँस्करणको बिग आइकन ‘ग्राण्ड फिनाले’को करिब नजिक आईपुगेको छ । उत्कृष्ट पाँच प्रतिस्पर्धीमध्ये सोमबार निलिमा ए साङ्मा बाहिरिएपछि प्रतियोगितामा चार जना प्रतिस्पर्धी बचेका हुन् ।सोमबार चारजना प्रतिस्पर्धीबीच ‘ग्राण्ड फिनाले’ राउण्डका लागि प्रतिस्पर्धा भएको छ । आगामी सोमबार सातौँ बिग आइकनमा उत्कउष्ट ३ प्रतिस्पर्धी छनौट हुनेछन् । र, यसरी छानिएका ३ जना प्रतिस्पर्धीले ‘ग्राण्ड फिनाले’का लागि भिड्नेछन् । ‘ग्राण्ड फिनाले’ चैत १८ गते पोखरा सभागृहमा भव्य समारोहका बीच हुने एफएमले जनाएको छ ।

‘ग्राण्ड फिनाले’को करिब नजिकै आएर बाहिरिँदा सोमबार निलिमा ए साङ्मा अलिक भावुक बनिन् । सिलोंगे बुवा र नेपाली आमाकी छोरी निलिमा बिग आइकनमा पहिलोपटक सहभागी भएकी थिईन् । आफ्नो गायन कलाको जाँच गर्न बिग आइकनको मञ्चमा उनी आईपुगेकी थिईन् । यद्यपी जित नजिकै आएर बाहिरिएपनि आफुले यो मञ्चमा आएर संगीत सम्बन्धि थुप्रै कुरा सिक्ने मौका पाएको उनले बताईन् । र, उनले बाँकी ४ जना प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिईन् ।हाल लामाचौरमा बस्दै आएकी निलिमा कालिका बहुमुखी कलेजमा अध्ययन गरिरहेकी छन् । केहि समय अगाडि एउटा विद्यालयमा अध्यापन समेत गर्दै आएकी निलिमाले बिग आइकनकै लागि जागिर छाडेकी थिईन् ।

सोमाबारको राउण्डमा कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यकारी प्रमुख नवराज ढुंगाना, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, सामसुङ मोबाइलको गण्डकी धौलागिरी वितरक कम्पनी वल्र्डवाइड कनेक्शनका संचालक सुशिल गुरुङ, अभिनेता प्रकाश घिमिरे लगाएतले बिग आइकनका सहभागी भएर प्रतिस्पर्धीहरुलाई सफलताको शुभकामना दिएका थिए । साथै उनीहरुले नेपालकै सबैभन्दा वृहत साँगीतिक प्रतियोगिताको रुपमा स्थापित बिग आइकनप्रति गर्व गर्दै आयोजक बिग एफएमलाई धन्यवादन ज्ञापन गरे ।

ग्राण्ड फिनाले छनौट राउण्ड’ सम्म पुगेका प्रतिस्पर्धीहरुलाई फाइनल प्रवेशका लागि निर्णायकको मतसँगै स्रोताको एसएमएस भोट पनि आवश्यक पर्ने एफएमले जनाएको छ । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ ।

कमेन्टहरु
Loading...