बैदाममा तीज महोत्सवका विजेतालाई खसि बोका पुरस्कार

पोखरा, १७ साउन /नेपाली नारीहरुको पर्व हरितालिका तिजको अवसरमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामले तिज गित महोत्सव आयोजना गर्ने भएको छ । बाह्रौंं संस्करणको उक्त महोत्सव भदौको ७ र ८ गते क्याम्पिङ्गचोकमा गरिने मंगलबार केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवमा तिज गित प्रतियोगिता, ४० वर्ष माथिको भेट्रान्स भलिवल, अन्तर सामुदायिक भलिवल, म्युजिकल चियर, घैटो फुटाउने लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने महोत्सवका संयोजक समेत रहेकि केन्द्रका उपाध्यक्ष मिना भट्टराइले जानकारी दिइन् । तिज गित प्रतियोगितामा प्रथम हुने समुहले नगद २० हजार, द्वितियले नगद १५ हजार, तृतीयले १० हजार, उत्कृष्ट नृत्य गर्नेले ३ हजार र उत्कृष्ट भेषभुषामा २ हजार नगद पुरस्कार रहेको पनि पत्रकार सम्मेलनमा भट्टराइले बताइन् ।

४० वर्ष माथिको भेट्रान भलिवलमा विजेताले नगद १२ हजारका साथमा मेडल प्रमाणपत्र तथा द्धितिय हुनेले ८ हजार सहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । अन्तर सामुदायिक भलिवलतर्फ प्रथमले खसि, मेडल, प्रमाणपत्र तथा द्वितियले बोका, मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रम सम्पन्न गर्न झण्डै ६ लाख ५० हजार खर्च लाग्ने र कार्यक्रमबाट ६ लाख आम्दानी भई ५० हजार बचत हुने आयोजकको अनुमान रहेको छ ।

कार्यक्रम सफल पार्न केन्द्रले विभिन्न उप–समितिहरु गठन गरेको छ । गठित उपसमितिहरु संयोजकहरुमा प्रचार–प्रसारमा चेतनारायण पाण्डे, आर्थिकमा सुसिला पहारी, सामुदायिक भलिवलमा दिपेन्द्र पहारी, भेट्रान्स भलिवलमा रमेश पहारी, क्युकोशियन बुदोकाई कराँतेमा गोबिन्द शर्मा, पानीमा दोर्जे तामाङ्ग, स्वयंसेवकमा शेषकान्त शर्मा, मेडिकलमा तुलसि दाहाल, खाजामा गंगा लामिछाने, मञ्च व्यवस्थापनमा विष्णु सिंखडा र हरि पहारी, पुरस्कार व्यवस्थापनमा उमा भण्डारी, काशि भट्टराई, म्युजिकल चियरमा रमा लामिछाने, साउण्ड सिस्टममा दिनदयाल पाण्डे, सरसफाईमा विष्णुप्रसाद सुवेदी र अतिथि सत्कारमा नारायण सुवेदी रहेका छन् । केन्द्रका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सचिव चेतनारायण पाण्डेले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...