नेपालकै सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगिता तयारी तीव्र

माघ २८, पोखरा /पोखरा लेखनाथ महानगर पालीका २४ कास्कीकोटमा नेपालकै सर्वाधीक राशीको भजन चुट्टका प्रतियोगीता तथा विविध सांस्कृतीक कार्यक्रमको तयारी तिव्र पारीएको छ । महाङकालेश्वर मन्दिरमा शिवरात्रीको पावन अवसर पारेर राष्ट्रीय खुल्ला भजन चुट्टका प्रतियोगी आयोजना गर्न लागीएको उतm कार्यक्रममा विभीन्न जिल्लाका करीव दुई दर्जन समुहले सहभागीताको लागी नाम दर्ता गराएको आयोजकले वताएको छ ।

कश्यप धाम महाङकालेश्वर मन्दिर व्यवस्थान समितीले विभीन्न उप समिती निमार्ण गरी कार्यक्रम सफल पार्न लागी परेको कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले वताउनु भयो । समुन्द्री सतहवाट १७८५ मिटर उचाइमा रहेको कश्यप धाममा सो प्रतियोगीता हुन लागेको हो । समुह दर्ता फागुन १ गते विहान ११ वजे सम्म गर्न सकिने र दर्ता शुल्क एक हजार लाग्ने मन्दिर व्यवस्थापन समितीका सचिव मनहरी अधिकारीले जानकारी दिए ।

कार्यक्रमा प्रथम हुनेले रु ५१ हजार पाँच सय, मेडल र प्रमाण पत्र , दोस्रो हुनेले ३० हजार ,मेडल र प्रमाण पत्र ,तेस्रो हुनेले २० हजार र प्रमाण पत्र र सानत्वना हुनेले १० हजार र प्रमाण पत्र प्राप्त गर्ने त्रिपाठीले वताए । कार्यक्रममा विविध सांस्कृतीक झाकी ,शिव वराहत नृत्य तथा राष्ट्रीय तथा स्थानीय कलाकारहरुले विवीध सांस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरीने उतm कार्यक्रम आगामी मंगलवार हुने समितीका अध्यक्ष आन्नद प्रसाद अधिकारीले वताए ।

कमेन्टहरु
Loading...