भगवती बजार माघे संक्रान्ति मेला सम्पन्न

पोखरा ३ माघ /कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा पुस ३० गते बाट लागेको ऐतिहासिक माघे संक्रान्ति मेला माघ २ गते सम्पन्न भएको छ ।आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरीएको ‘भगवती बजार माघे संक्रान्ति मेला’ मा आयोजना गरीएको मादी गाँउ पालिका स्तरीय भलिवल प्रतियोगितामा संरक्षयण युवा क्लव घ्यामरूमको समुह प्रथम हुदै नगद ५० हजार जितेको छ भने प्रतियोगितामा जुरे भुमि युवा क्लव तप्राङ द्वितीय हुदै नगद ३० हजार प्राप्त गरेको छ । विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगीतामा राष्टज्योती मा।वि सैमराङ प्रथम हुदै नगद २५ हजार तथा प्रमाणपत्र जन कल्याण मा।वि मकैखोला द्वितीय हुदै नगद १५ हजार तथा प्रमाणपत्र जन मन्दिर आधारभुत विद्यालय थुम्सीकोटले तृतीय हुदै नगद १० हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने रत्न सोभा मावि माझठानाले सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।

मेलामा जारी छेलो हान्ने प्रतियोगितामा पोखरा १३ का सुर्य वहादुर अधिकारी प्रथम हुदै नगद १० हजार रूपिया प्राप्त गरेका छन भने द्वितीय हुदै स्याङजा टक्सारका सुदिन गुरूङले नगद ५ हजार प्राप्त गरेका छन् । त्यसैगरी गाँउ स्तरीय डोरी तान्ने प्रतियोगितामा रबैडाँडा समुह ९क० प्रथम हुदै नगद १०,००० प्राप्त गरेको थियो भने मादी ८ रबैडाँडा समुह द्वितीय हुदै ७,००० प्राप्त गरेको थियो । मेलामा महिलाको लागी राखिएको म्युजिकल चिर्यस प्रतियोगितामा पुनम गुरूङ प्रथम तथा मोति गुरुङ द्वितीय हुदै क्रमश नगद ६ हजार र ४ हजार प्राप्त गरेको मेला आयोजक समितीका सचिव ज्ञान वहादुर कार्कीले जानकारी दिए ।

विजयी खेलाडीहरूलाई मादी गाउपालिका उप प्रमुख विष्णु माया पौडेल बरालडाँडा तमु समाज पोखरा १२ का अध्यक्ष क्याँ ढोल वहादुर गुरुङ मेला आयोज समितीका सयोजक चिन बहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।मेला आयोजक समितिका सयोजक चिन बहादुर गुरूङको अध्यक्षतामा भएको समापन कार्यक्रमको सन्चालन मेला आयोजक समितिका सचिव ज्ञान बहादुर कार्कीले गरेका थिए । मेलाको पुस ३० गते पोखरा प्रदेश सभासद मिना गुरुङले उद्वघाटन गरेकी थिइन ।मेलामा तरेली सांस्कृतिक परिवारको उत्कृष्ट नृत्य प्रद्रर्शन र विभिन्न भजन चुड्का, सोरठी, घाटु नृत्य समेत देखाईएको थियो । मेलामा कृषि, पर्यटन, उद्योग व्यापार र वृहद प्रर्दशनी भएको थियो । “भगवती बजार जाऔं,माघे संक्रान्ति मेला भब्य रुपमा मनाऔं,मौलिक सस्कृतिको जगेर्ना गरौ” भन्ने नाराका साथ व्यवस्थित रुपमा मेला रुपमा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...