२० औं भदौरे पञ्चासे महोत्सव पुषमा हुने

पोखरा, ९ मंसिर/अन्नपूर्ण गाउपालिकाको भदौरेमा २० औं भदौरे पञ्चासे महोत्सव पुषमा हुने भएको छ । भदौरे क्लवको आयोजनामा हुने महोत्सव शनिबारको बैठकले पुषको ४ गते देखि ९ गते सम्म गर्ने निर्णय गरेको हो । महोत्सवमा खुल्ला पुरुष ७ ए साईड फुटबल प्रतियोगिता, वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, भदौरे आईडल, साँस्कृतिक कार्यक्रम, चर्चित कलाकारद्वारा दोहोरी गित प्रतियोगिता, हास्य प्रहसन, स्थानिय व्याण्डको प्रस्तुतीका साथमा स्थानिय आमा समूहको प्रस्तुती रहने कुरा क्लवका पूर्व अध्यक्ष आइन्दल गुरुङले जानकारी दिएका छन् ।६ दिनसम्म पर्यटकिय स्थान भदौरेमा हुने महोत्सव सफल बनाउनका लागि क्लवका कोषाध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा ३ सय १ जना सदस्य रहने गरि विभिन्न उपसमिति गठन गरेको छ ।

जसमा आर्थिक व्यवस्थापनमा गुमानसिंह गुरुङ, साँस्कृतिकमा सर्जन गुरुङ, फुटबलमा विश्वजंग गुरुङ, भलिवल र प्रचार प्रसारमा दिव्य गुरुङ, सुरक्षामा दिनेश गुरुङ, होटल व्यवस्थापनमा जितम गुरुङ, टिम व्यवस्थापनमा मनिला गुरुङ, मञ्च व्यवस्थापनमा बिनोद गुरुङ, सरसफाईमा अजित बिक, प्राविधिकमा बाईकाजी गुरुङ, अतिथि सत्कारमा ओम बहादुर गुरुङ र सचिवालयमा क्लवका सचिव शान्ति गुरुङ रहेका छन् । त्यसैगरि सल्लाहकारमा आश बहादुर गुरुङ, अनिल कुमार गुरुङ, आइन्दल गुरुङ, मोहन गुरुङ, शुचित्र बहादुर गुरुङ, शुकमाया गुरुङ, हितमाया गुरुङ, क्लवका आजिवन सदस्य, भदौरे वडा ४ का जनप्रतिनिधिहरु, सिर्जन युवा तथा आमा समूह, बहादुरे मावि, प्रगति युवा परिवार, प्रिमिस्ती आमा परिवार, पञ्चासे बोर्डिङलगाएतका संघ सस्था रहेका छन् ।

महोत्सवमा हुने फुटबल तथा भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५० हजार, दाश्रो हुने टिमलाई नगद रु ३० हजार राखिएको छ भने एकल नृत्य प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतिय हुनेलाई नगद रु ७ हजार, ४ हजार र २ हजार राखिएको छ । त्यस्तैगरि भदौरे आईडल जित्नेलाई नगद रु ५ हजार, दोश्रो हुनेलाई २ हजार ५ सय र तुतिय हुनेलाई नगद रु १ हजार राखिएको छ । फुटबल र भलिवलका लागि रु ४ हजार ईन्ट्री फि राखिएको छ भने नृत्य प्रतियोगिता र भदौरे आईडलका लागि ईन्ट्री फि निशुल्क गरिएको महोत्सवका संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...