लघु चलचित्र ‘बसाईंमा’ विस्थापनको पीडा (फिल्म सहित)

पोखरा, २६ वैशाख/ कोरोना भाईरस सँक्रमण रोक्न गरिएको लकडाउनको मारमा परेका मजदुरको पीडामा आधारित लघ चलचित्र ‘बसाईं’ सार्वजनिक भएको छ । यस अघिको लघु चलचित्र ‘राहत’ को सिक्वेलको रुपमा यो फिल्म आज साँझ युट्युबबाट रिलिज गरिएको हो ।

नेत्र ईण्टरटेण्मेण्टको व्यानरमा निर्माण गरिएको लघु चलचित्र नेत्र ईण्टरटेण्मेण्ट नामक युट्युब च्यानमा हेर्न सकिन्छ । चलचित्रलाई नेत्र गुरुङ्ले निर्देशन गरेका हुन् । विभु भुसाल, रेम रसाईली, अनिशा श्रेष्ठ, गिता पराजुली, अस्मिता पराजुली, विजयराज अधिकारी, मिलन अधिकारी लगायतले अभिनय गरेको बसाईंमा भरत छन्त्यालले कथा लेख्नुको साथै सह निर्देशन पनि गरेका छन् ।

चलचित्रलाई प्रकाश गुरुङ् ‘काश’ ले खिचेका हुन् । फिल्मको सम्पादक पनि स्वयम नेत्र नै हुन् । यस अघि सार्वजनिक गरिएको लघु चलचित्र राहत छोटो भएको गुनासो दर्शकबाट आएपछि यो चलचित्र निर्माण गर्न हौसला मिलेको निर्देशक नेत्रले बताए ।

कमेन्टहरु
Loading...