कलाकार जसुलाई मुमताज अवार्ड

पोखरा, १ असार/मुमताज मल्टिमिडिया प्रालिले कलाकार जसु गुरुङलाई अवार्डसहित सम्मान गरेको छ । संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरको असार १ मा परेको जन्मदिनको अवसरमा गुरुङ चलचित्र निर्देशक एवं कलाकार गुरुङलाई प्रमुख अतिथि समालोचक तथा साहित्यकार प्राडा यमबहादुर क्षेत्रीले बिहीबार आयोजित समारोहमा मुमताज राष्ट्रिय अवार्डसहित सम्मानपत्र हस्तान्तरण गरे ।

कलाकार जसुलाई यस क्षेत्रमा लागेर गरेको योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ । गत वर्ष प्रालिले साउण्ड इञ्जिनियर श्यामश्वेत रसाइलीलाई उक्त अवार्डबाट सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समालोचक तथा साहित्यकार प्राडा यमबहादुर क्षेत्री, प्रालि अध्यक्षसमेत मेघा एफएमका प्रबन्धनिर्देशक, कलाकार, साहित्यकार देशभक्तसिंह कुँवर, फिल्म निर्देशक घनश्याम लामिछाने, कलाकार विष्णु गौतम, गीतकार सुमन श्रापित, गायक रमेश खड्का, जनचेतना आधारभूत विद्यालयका प्रअ गुरुप्रसाद बास्तोला, साहित्यकार रामजी आचार्य, पत्रकार विजय नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सञ्चारकर्मी अम्बिका राणाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तृसना गुरुङले गरेकी थिइन् । संचारकर्मीसमेत रहेका कुँवरले आफ्नो जन्मदिनमा फजुल खर्च नगरी विभिन्न विद्यालयका विपन्न वर्गका बालबालिकालाई स्टेशनरी सामानसमेत वितरण गर्दैआएका छन् ।

कमेन्टहरु
Loading...