पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्जमा बुधबार लेडिज नाइट

पोखरा, १ जेठ /पोखरा लेकसाइडमा केही दिन अगाडी देखी सञ्चालनमा आएको औरा बार एण्ड लाउन्जले बुधबार लेडिज नाइट राखेको छ ।

बुधबार (आज) गायिका विद्या तिवारी र डिजे जेवाइएनको विषेश प्रस्तुती रहने छ । लाउन्जमा आउनले लेडिजहरुलाई कक्टेलले स्वागत गर्ने सञ्चालक नरेश भट्टराईले बताए । साझँ ७ बजे देखी हुने लाइभ म्युजिक राती १२ बजे सम्म सञ्चालन हुनेछ ।

उनले अत्याधुनीक प्रविधि सहित औरा बार एण्ड लाउन्ज सञ्चालनमा ल्याएको बताए । विदेशी विभिन्न अर्वाडबाट सम्मानीत भएको माउन्ट कैलाश रिर्सोट सगँको नयाँ भवनमा बार सञ्चालनमा आएको हो ।

स्वदेशी तथा विदेशी पर्यटक र युवा पुस्तालाई लक्ष्त गरि बार सञ्चालनमा ल्याएको लाउन्जका सञ्चालक नरेश भट्टराईले बताए ।

‘हामी नयाँ प्रविधिको साउण्ड सिष्टमलाई प्रयोग गरेर लाउन्ज सञ्चालमा ल्याएका छौ,’ उनले भने ‘जुन सुकै टेबलमा बसेर पनि एउटै साउण्ड क्वालीटी सुन्न सकिने छ ।’ उनले यस्तो प्रविधिको साउण्ड सिस्टम काठमाडौ पछि पहिलो पटक पोखरामा प्रयोग भएको बताए ।

कमेन्टहरु
Loading...