पोखरामा आज समय चित्रकला प्रदर्शनी

पोखरा, २५ असार /पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालामा कलाकारहरुको सिर्जनालाइ “समय” चित्रकला प्रदर्शनी गर्ने भएको छ ।

पोखरेली युवा साँस्कृतिक परिवारको आफ्नै फेशबुक पेजबाट असार २५ गते ४ बजे लाइभ गर्ने संस्थाका कला संयोजक हेमकान्ती गुरुङले बताइन् । मानव जीवनमा कलाको अत्यन्त महत्वपूर्ण स्थान रहदै आएको छ ।

“साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण” भन्ने मूल नाराका साथ अगाडि बढि रहेको पोखरेली युवा साँस्कृतिक परिवारले वि.सं. २०४२ सालबाट ग्रामीण तत्स्थानीय कलायात्रा शुरु गरेको र वि.सं. २०६० सालबाट अनवरत रुपमा प्रत्यक तीन महिनाको तेश्रो शनिबार समता कला कार्यशाला आयोजना गर्दै आएको छ ।

कोभिड १९ कोरोना भाइरसको असर विश्वभर परिरहेको यस विषम परिस्थितीमा पनि संस्थाले आफ्नो नियमित कार्यक्रमलाइ भच्र्युल आर्टस् एक्जीबेसन मार्फत पनि गर्ने नयाँ जमर्को गरेको संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीले बताए ।

“समय” भच्र्युल आर्टस् एक्जीबेसन चित्रकला प्रदर्शनीमा ३१ जना कलाकारको सिर्जना राखिएको छ । कोषाध्यक्ष मोती भुजेलले भने सकेसम्म नयाँ प्रविधि अपनाएर यो प्रदर्शनी गर्न लागेका छौं । अग्रज र अनुजहरुका कला सिर्जना प्रदर्शनमा राखिएको छ, अनुजहरुले यस्ता प्रर्दशनी बाट धेरै कुरा सिक्ने मौका मिल्ने पनि बताए ।

कमेन्टहरु
Loading...