अमेरिकन आइडलमा नेपालीको तहल्का, दिवेश अमेरिकी आइडलको उत्कृष्ट सातमा

एजेन्सी / प्रख्यात प्राप्त गायन रियालिटी सो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल टप ७ मा प्रबेश गरेका छन् ।

उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै किस्ड दी गर्ल गित प्रस्तुति दिदै टप ७ मा प्रबेश गरेका हुन् । कोरोना भाइरस कोभिड १९ महामारीका कारण आइडलका प्रतिस्पर्धीले घर घरबाटै प्रस्तुति दिएका छन् ।

अमेरिकन आइडलको अडिसन देखि नै दिवेशले निर्णायकहरूको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।

उनीलाई विश्वभर बस्ने नेपालीहरू लगायत अन्य व्यक्तिहरूको तारिफ र भोट पाउँदै आएका छन् । कामाठाडैंमा जन्मिएका गायक पोखरेल सन् २०१३ मा अमेरिका पुगेका थिए ।

कमेन्टहरु
Loading...