कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी

पोखरा, ६ जेठ/रुल नेपाल स्टूडियोको आयोजनामा कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी पोखरामा आईतबारदेखि सुरु भएको छ । लेकसाईडस्थित होटल पोखरा गुडविलमा आर्डेण्ट एक्प्रेसनिज्म (ardent expressionism) नामक चित्रकला प्रर्दशनी सुरु भएको हो । कुँवरले लामो समय लगाएर तयार पारेका २९ वटा चित्रहरु उक्त प्रर्दशनीमा राखिएका छन् ।

यसअघि काठमाण्डौमा समेत प्रर्दशनीमा राखेको चित्रकला देशव्यापी बनाउने उद्धेस्यले पोखरामा पनि आयोजना गरिएको आईतबार आयोजित पत्रकार सम्मेलनमा चित्रकार राणाले जानकारी दिए । पोखरामा पनि एक्प्रेसनिज्म चित्रकलाको बढ्दो रुचिलाई मध्यनजर गर्दै चित्रहरु प्रर्दशनी गरिएको उनले बताए ।

तयार पारेका चित्रहरु ५ हजार देखि १५ हजार मुल्य बराबरका रहेको र प्रदर्शनी अवलोकन संगै खरिद गर्ने व्यवस्था समेत मिलाईएको राणाले बताए । प्रदर्शनीमा प्रवेश निशुल्क गरिएको छ । आईतबार पहिलो दिन करिब ४ सय जनाले प्रर्दशनी अवलोकन गरेका छन् ।
आईतबार पहिलो दिन होटल गुडविल पोखराको हलमा प्रर्दशनी गरिएको र सोमबार फेवा किनारको पैदलमार्गमा समेत चित्रहरु प्रर्दशनी गरिने बताईएको छ ।

१८औँ सताब्दीपछि क्यामेराले तस्विर खिच्न सुरु गरेको र विकल्पमा चित्रकारहरुले भाव सहितका तस्विरहरु तयार गर्न थालेका थिए । र कलाकारहरुले भाव र अभिव्यक्तिमा आधारित रहेर तयार पारेका चित्र नै एक्प्रेसनिज्म रहेको उनले बताए । मानिसको अन्र्तमनका भाव उनका चित्रहरुमा अभिव्यक्त गरिएका छन् ।

कमेन्टहरु
Loading...